काठमाडौं । काठमाडौंस्थित होटल र्याडिसनमा बृहत शैक्षिक प्रदर्शनी ‘स्टडि इन इन्डिया एक्स्पो’सुरू भएको छ ।
शुक्रबारदेखि सुरू भएको दुई दिने (वैशाख २ र ३ गते) शैक्षिक मेलामा भारतका ३५ भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहनेछ ।
अफेयर्स एजुकेशन एन्ड मिडिया प्रालिले आयोजना गरेको यस एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने दुविधा मेटाउन दुई सयभन्दा बढी कोर्सहरूको बारेमा जानकारी प्रदान गरिनेछ । नेपाली विद्यार्थी र अभिभावकहरूलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरेको हो ।
शैक्षिक मेलामा नयाँ पाठ्याक्रमहरू, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पहरू बारेमा विद्यार्थी तथा अभिभावकहरूलाई जानकारी गराइनेछ ।
भारतका प्रतिष्ठित विश्वविद्यालयका पदाधिकारीहरूसँग प्रत्यक्ष कुराकानी गरी ३५ वटा भन्दा बढी प्रमुख विश्वविद्यालयहरूको जानकारी हासिल गर्न सक्नेगरी शैक्षिक मेलाको आयोजना गरिएको अफेयर्स एजुकेशनले जनाएको छ ।