विश्व क्रिकेट वरियतामा दीपेन्द्रको छलाङ : टप टेनभित्र पर्न सफल

<p>काठमाडौं । नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टि-२० आई वरियतामा अलराउन्डरतर्फ १०औं स्थानमा उक्लिन सफल भएका छन् । आइसिसीले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र १५२ रेटिङ अंकका साथ नेपाली क्रिकेट इतिहास कै उत्कृष्ट वरियतामा परेका हुन् । दीपेन्द्र ब्याटिङतर्फ नयाँ वरियतामा ३८औं स्थानमा छन् । कुशल भुर्तेल ३६औं स्थानमा छन् । आरिफ शेख [&hellip;]</p>

काठमाडौं । नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टि-२० आई वरियतामा अलराउन्डरतर्फ १०औं स्थानमा उक्लिन सफल भएका छन् ।

आइसिसीले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र १५२ रेटिङ अंकका साथ नेपाली क्रिकेट इतिहास कै उत्कृष्ट वरियतामा परेका हुन् ।

दीपेन्द्र ब्याटिङतर्फ नयाँ वरियतामा ३८औं स्थानमा छन् । कुशल भुर्तेल ३६औं स्थानमा छन् । आरिफ शेख ९९औं स्थानमा छन् । टि-२० आईको बलिङतर्फ सन्दीप लामिछाने ३८औं स्थानमा छन् ।

Share News