काठमाडौं । नयाँ वर्षको अवसरमा बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले चितवन र पोखरास्थित ल्याण्डमार्क होटलमा छुट पाउने भएको छ ।
बैंक अफ काठमाण्डू लिमिटेड र ल्याण्डमार्क होटलबीच ग्राहकलाई छुट दिनेबारे सम्झौता भएको हो ।
सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीओएस तथा क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहक महानुभावहरुलाई साढे १२ प्रतिशतसम्म होटलका सबै सुविधामा छुट हुनेछ ।
ल्याण्डमार्क होटलले काठमाण्डौं, पोखरा र चितवनबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आइरहेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरू, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।