एक महिनाको सेयर कारोवारः ब्रोकरको २५ करोड ९५ लाख, नेप्सेको साढे ६ करोड र बोर्डको ९७ लाख कमाइ

<p>काठमाडौं, २८ साउन । सेयर बजारमा अत्याधिक कारोवार भएका कारण असार तेस्रो सातादेखि साउनको तेस्रो सातासम्ममा सेयर ब्रोकर, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र वोर्डले एक महिनाको विचमा नै उल्लेख्य आम्दानी गरेका छन् । सेयर कारोवारका आधारमा कसिमन पाएकै कारण ब्रोकरहरुले एक महिनाको विचमा २६ करोड, नेप्सेले साढे ६ करोड र धितोपत्र वोर्डले करिब १ [&hellip;]</p>

काठमाडौं, २८ साउन । सेयर बजारमा अत्याधिक कारोवार भएका कारण असार तेस्रो सातादेखि साउनको तेस्रो सातासम्ममा सेयर ब्रोकर, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र वोर्डले एक महिनाको विचमा नै उल्लेख्य आम्दानी गरेका छन् । सेयर कारोवारका आधारमा कसिमन पाएकै कारण ब्रोकरहरुले एक महिनाको विचमा २६ करोड, नेप्सेले साढे ६ करोड र धितोपत्र वोर्डले करिब १ करोड रुपैयाँ आम्दानी गरेका हुन् ।

ब्रोकरले कारोवारमा ०.४ देखि ०.७५ प्रतिशतसम्म रकमको आधारमा कमिसन लिन्छन् । ब्रोकरले लिएको यस्तो कमिसनको २० प्रतिशत रकम नेप्सेलाई बुझाउनु पर्छ । यस्तै धितोपत्र वोर्डले कारोवार रकमको ०.०१५ प्रतिशत कमिसन पाउछ ।

गत असार २४ गतेदेखि गत साउन २१ गतेसम्ममा ३२ अर्ब ४३ करोड ७५ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर खरिद विक्री भएको नेप्सेले जानकारी दिएको छ । नेप्सेले सार्वजनिक गरेको यस्तो रकम खरिद गरिएको वा विक्री गरिएको सेयरको रकम मात्रै हो । तर ब्रोकर, नेप्से र वोर्डलाई खरिद गर्ने र विक्री गर्ने दुबै पक्षले कमिसन दिनुपर्छ । यसो गर्दा नेप्सेले प्रत्येक दिन जति रकम बराबरको कारोवार भयो भनेर विवरण दिएको हुन्छ त्यसको दोब्बर रकमको कमिसन यी निकायहरुले पाइरहेका हुन्छन् ।

सो एक महिनाको विचमा ३२ अर्ब ४३ करोड ७५ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर खरिद विक्री हुदा ब्रोकर, नेप्से र बोर्डले त्यसको दोब्बर अर्थात ६४ अर्ब ८७ करोड ५१ लाख ७६ हजार रुपैयाँ बराबरको कमिसन पाउछन् ।

ब्रोकरले प्रतिकारोवार (रकमका आधारमा) ०.४ देखि ०.६ प्रतिशतसम्मसम्म कमिसन लिन्छन् । यसको औसत कमिसन ०.५ प्रतिशत मान्दा एक महिनाको कारोवारवाट ब्रोकरले कमिसन वापत ३२ करोड ४३ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेका छन् । यो रकमको २० प्रतिशत नेप्सेलाई कमिसन दिनु पर्छ । यसो हुदा नेप्सेले एक महिनाको विचमा ६ करोड ४८ लाख ७५ हजार रुपैयाँ कमिसन आय गरेको छ ।

नेप्सेको कमिसन कटाएर एक महिनाको विचमा ब्रोकर कम्पनीहरुले २५ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

धितोपत्र वोर्डले भने सेयर कारोवारको कमिसन छुट्टै लिने गर्छ । एक महिनाको विचमा ६४ अर्ब ८७ करोड ५१ लाख ७६ हजार रुपैयाँको ०.०१५ प्रतिशत कमिसनको आधारमा यो विचमा वोर्डको आम्दानी ९७ लाख ३१ हजार रुपैयाँ भएको छ ।
कसले कति कमाए ?
कारोवार रकमः ६४ अर्ब ८७ करोड ५१ लाख ७६ हजार
ब्रोकर कमिसनः २५ करोड ९५ लाख
नेप्से कमिसनः ६ करोड ४८ लाख ७५ हजार
धितोपत्र वोर्डः ९७ लाख ३१ हजार
असार २४ गतेदेखि ३० गतेसम्म ६ अर्ब ४ करोड ६८ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर खरिद र विक्री भएको थियो । यस्तै ३१ असारदेखि ६ साउनसम्म ९ अर्ब ३ करोड ६९ लाख २४ हजार रुपैयाँ बराबरको सेयरको खरिद र विक्री भएको थियो । नेप्सेले दिएको जानकारी अनुसार ७ साउनदेखि १३ साउनसम्ममा ९ अर्ब ५४ करोड ३९ लाख ५५ हजार रुपैयाँ र १६ साउनदेखि २१ साउनसम्ममा ७ अर्ब ७९ करोड १८ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर खरिद र विक्री भएको थियो ।

Share News