लक्ष्मी क्यापिटल र सिद्धार्थ इन्स्योरेन्सबीच हकप्रद शेयर निष्काशन सम्बन्धि सम्झौता

<p>काठमाडौं, २८ साउन । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धि सम्झौता भएको छ । लक्ष्मी क्यापिटलले सिद्धार्थ इन्स्योरेन्सको शेयरधनीहरूलाई हाल कायम भएको चुक्ता पूँजी ३४ करोड ४८ लाख रुपैयाँको ४ बराबर १ को अनुपातमा ८ लाख ६२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ । उक्त सम्झौतामा [&hellip;]</p>

काठमाडौं, २८ साउन । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धि सम्झौता भएको छ । लक्ष्मी क्यापिटलले सिद्धार्थ इन्स्योरेन्सको शेयरधनीहरूलाई हाल कायम भएको चुक्ता पूँजी ३४ करोड ४८ लाख रुपैयाँको ४ बराबर १ को अनुपातमा ८ लाख ६२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

laxmi_capital_siddhartha_in

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको तर्फबाट महाप्रबन्धक बीरेन्द्र बैदवार क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

Share News