सिटी एक्सप्रेस र जालसानको आयोजनामा स्टुडेन्ट मिट कार्यक्रम सम्पन्न

<p>काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले जापानीज ल्याङ्वेज स्कुल एसोसिएसन अफ नेपाल (जलसान) सँगको सहकार्यमा ‘स्टुडेन्ट मिट २०२२’ कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार उक्त कार्यक्रममा जलसानसँग आवद्ध ४० भन्दा बढी एजुकेसन कन्सलटेन्सीहरूमार्फत जापान जान लागेका २०० भन्दा बढी विद्यार्थीको सहभागिता थियो । सोही कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डद्वारा जापान [&hellip;]</p>

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले जापानीज ल्याङ्वेज स्कुल एसोसिएसन अफ नेपाल (जलसान) सँगको सहकार्यमा ‘स्टुडेन्ट मिट २०२२’ कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार उक्त कार्यक्रममा जलसानसँग आवद्ध ४० भन्दा बढी एजुकेसन कन्सलटेन्सीहरूमार्फत जापान जान लागेका २०० भन्दा बढी विद्यार्थीको सहभागिता थियो ।

सोही कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डद्वारा जापान जान लागेका विद्यार्थीहरूलाई जापानी संस्कृतिको बारेमा जानकारी दिनुका साथसाथै जापान पुगे पश्चात आफूले मेहनत गरेर कमाएको पैसा बैंकिङ्ग च्यानलमार्फत मात्र पठाउन उत्प्रेरित गरे ।

यसको साथसाथै उक्त कार्यक्रममा हाल जापान बसेर सिटी एक्सप्रेस मनी ट्रान्सफर जापान कम्पनी लिमिटेडमा दर्ता भएका १० भाग्यशाली विजेताहरुलाई ‘सिटी आयो पुरस्कार ल्यायो’ योजना अन्तर्गत जनही १० हजार पुरस्कार विद्युतीय लक्की ड्र सिस्टम मार्फत विजेता घोषणा पनि गरिएको थियो । सिटी एक्सप्रेसले जलसानसँगको सहकार्यमा जापानमा अध्ययनरत विधार्थीहरूको लागि हरेक वर्ष पुरस्कार प्रदान गर्ने योजनासमेत बनाएको छ ।

Share News