
काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान) को आठौं महाधिवेशन यही चैत २५ र २६ गते हुने भएको छ ।
उक्त महाधिवेशनमा हिसानले राष्ट्रपति विद्यादेवि भण्डारीको उपस्थितिमा हिसान शिक्षा बहस पनि चलाउने बताइएको छ । बहसमा नेपालको शिक्षा सबलीकरण र निजी क्षेत्रको योगदानको विषयमा छलफल हुनेछ ।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्क रिसोर्टमा हुने अधिवेशनको तयारी भइरहेको हिसानका अध्यक्ष रमेशकुमार सिलवालले जानकारी दिए ।
उक्त महाधिवेशनमा ३५ जिल्लाका ६०० शिक्षालयका प्रतिनिधि र ५० जना पर्यवेक्षकको सहभागिता रहने हिसानले जनाएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।