नेपाल एयरलाइन्सको ७ जहाजमार्फत अन्तरराष्ट्रिय उडान भर्ने लक्ष्य

<p>काठमाडौं, २६ साउन। नेपाल वायुसेवा निगमले सन् २०२० सम्ममा ७ वटा जहाजमार्फत अन्तरराष्ट्रिय उडान गर्ने घोषणा गरेको छ। निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले ८ वटा जहाजमार्फत अन्तरराष्ट्रिय घोषणा गर्दै उनले डेढ वर्षभित्र दुइटा वाइड बडी जहाज खरिद गरिसक्ने दाबी गरेका छन्। निगमको दुबई उडान गर्ने औपचारिक घोषणा गर्दै कंसाकारले जहाज खदिर प्रक्रियामा सरकारले सहमति दिइसकेको जानकारी [&hellip;]</p>

काठमाडौं, २६ साउन। नेपाल वायुसेवा निगमले सन् २०२० सम्ममा ७ वटा जहाजमार्फत अन्तरराष्ट्रिय उडान गर्ने घोषणा गरेको छ। निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले ८ वटा जहाजमार्फत अन्तरराष्ट्रिय घोषणा गर्दै उनले डेढ वर्षभित्र दुइटा वाइड बडी जहाज खरिद गरिसक्ने दाबी गरेका छन्।

निगमको दुबई उडान गर्ने औपचारिक घोषणा गर्दै कंसाकारले जहाज खदिर प्रक्रियामा सरकारले सहमति दिइसकेको जानकारी दिए। “हामीले १२ देखि १८ महिनामा २ वटा वाइड बडी जहाज खरिद गरिसक्छौं,” कंसाकारले भने ।

Nepal-Airlines

सन् २०२० सम्ममा ४ वटा नयाँ जहाज खरिद गरिसक्ने र हाल उडान भरिरहेका ३ वटा न्यारोबडी सहित ७ वटा जहाजमार्फत अन्तरराष्ट्रिय उडान गर्ने लक्ष्य रहेको उनले बताए ।

निगमले आगामी तीन वर्षभित्रमा २१ वटा अन्तरराष्ट्रिय र ३९ वटा आन्तरिक गन्तव्यमा उडान गर्ने लक्ष्यसमेत राखेको दाबी कंसाकारले गरे । हाल निगमले ३ वटा न्यारोबडी जहाजमार्फत ७ वटा अन्तरराष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ । भने आन्तरिकतर्फ २६ वटा गन्तव्यमा उडान गरिरहेको छ ।

निगमले हाल नयाँदिल्ली, बैंग्लोर, मुम्बई, मलेसिया, कतार, हङकङ र बैंकक उडान गरिरहेको छ । निगमले हाल बोइङ ७५७ जहाज र एयरबस ३२० गरी ३ जहाजमार्फत ७ गन्तव्यमा उडान गरिरहेको छ । निगमले दुई वाइड बडी खरिद गरेर उडान सुरु गरेको पहिलो वर्षमा १ सय मिलियन डलर आम्दानी हुने प्रक्षेपणसमेत गरेको छ भने दोस्रो वर्षमा १५८ मिलियन डलर आम्दानी हुने प्रक्षेपण निगमको छ ।

 

नेपाल र भारतबीच भएको सम्झौताअनुसार नेपालले भारतका २४ वटा गन्तव्यमा उडान गर्न सक्ने भए पनि हाल ३ वटा गन्तव्यमा मात्र उडान गरिरहेको छ । त्यस्तै नेपालले चीनका ६ वटा गन्तव्यमा उडान गर्न पाउने सम्झौता रहेकाले जहाज खरिद गर्ने र उडान गरेमा मात्र नेपालमा पर्यटक आगमनदर बढाउन सकिने दाबी कंसाकारले गरे ।

Share News