सेञ्चुरी बैंकद्वारा काभ्रेका विद्यार्थीहरूलाई वित्तीय साक्षरता तालिम

<p>काभ्रे । सेञ्चुरी कमर्सियल बैंक धुलिखेल शाखाले &#8216;ग्लोबल मनि विक&#8217;को अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । नमोबुद्व नगरपालिका-१ श्यामपाटीमा रहेको लक्ष्मी नारायण माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । उक्त वित्तीय साक्षरता कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई बैंक खाता संचालन र वित्तीय व्यवस्थापन सम्बन्धी जानकारी दिइएको थियो । [&hellip;]</p>

काभ्रे । सेञ्चुरी कमर्सियल बैंक धुलिखेल शाखाले ‘ग्लोबल मनि विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।

नमोबुद्व नगरपालिका-१ श्यामपाटीमा रहेको लक्ष्मी नारायण माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।

उक्त वित्तीय साक्षरता कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई बैंक खाता संचालन र वित्तीय व्यवस्थापन सम्बन्धी जानकारी दिइएको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कर्मचारीसहित ६४ जनाको सहभागिता थियो ।

‘ग्लोबल मनि विक’ हरेक मुलुकका किशोर/किशोरी तथा युवामा वित्तीय शिक्षाको महत्त्वको बारेमा जागरण ल्याउने उद्येश्यले वार्षिक रुपमा मनाइने साप्ताहिक अभियान हो । यो सप्ताह सन् २०१२ देखि प्रत्येक वर्षको मार्च २१ देखि २७ सम्म मनाइदै आएको छ ।

हाल सेन्चुरी बैंकले १२९ शाखा, १० वटा एक्सटेन्सन काउन्टर, २६ वटा शाखारहित बैंकिङ र ११३ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Share News