काठमाडौं, श्रावण २४ । विगत डेढ दशकदेखि खाद्यान्नको क्षेत्रमा निरन्तर सक्रिय व्यावसायीहरुद्वारा प्रबद्र्धित माँ दुर्गा फुड्स प्रालिले आफ्ना उत्पादनहरु आटा, मैदा, सुजी र चोकर लिएर नेपाली उपभोक्त माँझ प्रस्तुत भएको छ ।
देशकै प्रमुख व्यापारीक नाका वीरगञ्जमा अवस्थित यस उद्योग उत्पादन क्षमताका आधारमा नेपालकै ठूलो मध्येको एक हो । शुद्ध गहुँको दानालाई लेटेस्ट स्वीस प्रविधि अर्थात अत्याधुनिक स्वीस प्रविधियुक्त फूल्ली अटोमेटेड प्लाण्टबाट उत्पादन एवम् प्रशोधन गरिने भएकाले यस उद्योगबाट उत्पादित सम्पूर्ण उत्पादनहरु गुणस्तरीयका साथै स्वस्थकर समेत हुने प्रालिले जानकारी दिएको छ ।
नवीन प्रविधियुक्त प्लाण्टबाट उत्पादित यसका सबै उत्पादन सधै स्वस्थकर एवम् स्वादिष्ट रहने प्रतिबद्धता समेत कम्पनीले गरेको छ । साथै, यही स्वाद नै कम्पनीको पहिचानको रुपमा उपभोक्ता माझ लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ । ‘स्वाद र शुद्धता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ माँ दुर्गा फुड्सका उत्पादनहरु एमडिएफको नाममा बजारमा विक्रि वितरण भइरहेको छ ।