मल्पी इन्टरनेशनल कलेजको आयोजनामा लगानी साक्षरता बुट क्याम्प सम्पन्न

<p>काठमाडौं । मल्पी इन्टरनेशनल कलेजद्वारा आयोजित लगानी साक्षरतासम्बन्धी बुट क्याम्प सम्पन्न भएको छ । कलेजको सेन्टर फर फाइनान्स, किङ एण्ड इन्स्योरेन्सद्वारा आयोजित क्याम्प गत ६ मार्चदेखि ११ मार्चसम्म सञ्चालन भएको थियो भने कर्पोरेट साझेदारहरूसँगको सहकार्यमा सम्पन्न भएको कलेजले जनाएको छ । बुट क्याम्पमा सहभागी सबैलाई निःशुल्क प्रमाणपत्रको व्यवस्था गरिएको थियो । सहभागीहरूलाई नेपालको सेयरबजारमा आफ्नो [&hellip;]</p>

काठमाडौं । मल्पी इन्टरनेशनल कलेजद्वारा आयोजित लगानी साक्षरतासम्बन्धी बुट क्याम्प सम्पन्न भएको छ ।

कलेजको सेन्टर फर फाइनान्स, किङ एण्ड इन्स्योरेन्सद्वारा आयोजित क्याम्प गत ६ मार्चदेखि ११ मार्चसम्म सञ्चालन भएको थियो भने कर्पोरेट साझेदारहरूसँगको सहकार्यमा सम्पन्न भएको कलेजले जनाएको छ ।

बुट क्याम्पमा सहभागी सबैलाई निःशुल्क प्रमाणपत्रको व्यवस्था गरिएको थियो । सहभागीहरूलाई नेपालको सेयरबजारमा आफ्नो लगानी कसरी सुरू गर्नेसम्बन्धमा आधारभूत कुराहरूको जानकारी दिइएको थियो । बुट क्याम्प सेयरबजारमा आफ्नो यात्रा सुरु गर्ने योजनामा रहेकाहरूको लागि विशेष थियो ।

यस बुट क्याम्पमा यस क्षेत्रका विशेषज्ञहरूमार्फत सबैलाई सेयरसम्बन्धी जानकारी प्रदान गरिएको थियो। प्रस्तुतिसहित सत्रको सबै रेकर्डिङहरू एनसेलपाठशालाको वेबसाइटमार्फत हेर्न सकिने कलेजले जनाएको छ ।

Share News