काठमाडौं विश्वविद्यालयको बीटेक एडआईटी जनकपुरमा

<p>जनकपुरधाम । जनकपुरमा ब्याचर अफ टेक्नीकल एजुकेशन ईन ईनफर्मेशन टेक्नोलोजी ( बीटेक एडआईटी) अन्तर्गत चारवर्षे स्नातक तहको पढाई सुरुवात गएको छ । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिई जानकी कलेज फर प्रोफेशनल स्टडीजले उक्त पढाई सुरु गरेको हो । कार्यक्रम जनकपुरधामको पहिलो स्मार्ट विद्यालय अक्षर विद्या मन्दिरको परिसरमा सञ्चालन हुनेछ । यस कार्यक्रममा भर्ना हुने विद्यार्थीले इन्टर्नर्सिपको [&hellip;]</p>

जनकपुरधाम । जनकपुरमा ब्याचर अफ टेक्नीकल एजुकेशन ईन ईनफर्मेशन टेक्नोलोजी ( बीटेक एडआईटी) अन्तर्गत चारवर्षे स्नातक तहको पढाई सुरुवात गएको छ । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिई जानकी कलेज फर प्रोफेशनल स्टडीजले उक्त पढाई सुरु गरेको हो ।

कार्यक्रम जनकपुरधामको पहिलो स्मार्ट विद्यालय अक्षर विद्या मन्दिरको परिसरमा सञ्चालन हुनेछ । यस कार्यक्रममा भर्ना हुने विद्यार्थीले इन्टर्नर्सिपको लागि दोस्रो वर्षदेखि नै विद्यालयहरुमा अध्यापन गराउन जानुपर्ने छ । चार वर्षे बीटेक. एडआईटीमा भर्ना हुनकोलागी कुनै पनि संकायबाट १२ कक्षा वा सो सरह वा सिटिइभीटीले सञ्चालन गरेको ३ वर्षे डिप्लोमा उत्तिर्ण गरेको हुनुपर्ने छ ।

जनकपुरमा यसको औपचारिक घोषणा गर्दै प्रमुख अतिथि तथा मुख्यमन्त्री लालबाबु राउतले बीटेक. एडआईटीले मधेश प्रदेशलाई नेपालको प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकसित गर्ने विश्पास व्यक्त गरे । उनले काठमाडौं विश्वविद्यालयलाई धन्यवादसमेत दिए । उनले यस कार्यक्रमले सुचना प्रविधीको क्षेत्रमा दक्ष जनशक्तिको उत्पादनले मधेश प्रदेशको विकासमा ठुलो टेवा पुग्ने बताए ।

कलेजका अध्यक्ष पंकज जालानका अनुसार मधेश प्रदेशको साक्षरता र शैक्षिक स्तरमा वृद्धि गर्नका लागि जानकी कलेजको स्थापना यस प्रदेशको शिक्षाको क्षेत्रमा नयाँ युग हुनेछ ।यो प्रदेशका जेहेन्दार विद्याथीहरुले जनकपुरधाममा नै बसेर काठमाण्डौं विश्वविद्यालयले सञ्चालन गरेको सुचना प्रविधीसँग सम्बन्धित स्नातक स्तरको कार्यक्रममा पढ्न पाउने छन् ।

काठमाण्डौं विश्वविद्यालयका स्कुल अफ एजुकेशनका डिन बालचन्द्र लुईटेलले हाल प्राविधिक शिक्षालयहरुमा अध्यापन गराउने शिक्षकहरुको अभाव कम गर्न यस कार्यक्रमले ठुलो मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।

Share News