एफसी चितवनले आइतबार रूकी हण्ट सञ्चालन गर्दै

<p>चितवन । चितवन फुटबल क्लब &#8216;एफसी चितवन&#8217;ले आइतबार चितवनको नारायणगढस्थित क्यापा चौरमा रूकी हण्ट कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रालिद्वारा सञ्चालित एफसी चितवनले उत्कृष्ट खेलाडी छनोटका लागि रूकी हण्ट आयोजना गर्ने भएको हो । आउँदो अप्रिल ८ तारिखबाट सुरु हुने नेपाल सुपर लिग (एनएसएल) दोस्रो प्रतियोगिताको प्रतिस्पर्धी क्लब [&hellip;]</p>

चितवन । चितवन फुटबल क्लब ‘एफसी चितवन’ले आइतबार चितवनको नारायणगढस्थित क्यापा चौरमा रूकी हण्ट कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रालिद्वारा सञ्चालित एफसी चितवनले उत्कृष्ट खेलाडी छनोटका लागि रूकी हण्ट आयोजना गर्ने भएको हो ।

आउँदो अप्रिल ८ तारिखबाट सुरु हुने नेपाल सुपर लिग (एनएसएल) दोस्रो प्रतियोगिताको प्रतिस्पर्धी क्लब एफसी चितवनले होम ग्राउण्डको महत्त्वपूर्ण प्रतिनिधित्व होस् भन्ने उद्देश्यका साथ खेलाडी छनोट गर्न लागिएको आईएमई ग्रुपले जनाएको छ ।

चितवन फुटबल सङ्घको समायोजनमा आयोजना हुने उक्त प्रतियोगितामा फुटबल खेलमा पोख्त २३ वर्ष नपुगेका जुनसुकै खेलाडीहरूले भाग लिन पाउने आयोजकले जनाएको छ ।

यसरी छनोटमा पर्नेमध्ये उत्कृष्ट एकजना खेलाडीले एनएसएलमा एफसी चितवन टिमबाट खेल्न पाउनेछन् ।

Share News