इन्टरनेटमा भाइरल बन्दै पोकमोन गो, थाहा पाउनुस् कसरी खेल्ने?

<p>काठमाडौं २४ साउन। इन्टरनेटमा आजकल पोकमोन गो अहिले निकै चर्चित बनेको छ। सामाजिक सञ्जाल फेसबुक होस् या ट्वीटर जताततै यही गेमको बारेमा चर्चा छ। पोकम्यान गो एक अंगमेटेड रिएलिटी एप हो। यो गेम एप फोनको जिपिएस र क्यामेरामा प्रयोग गर्न सकिन्छ। कार्टुस सिरिजका फ्यानहरुका लागि पोकम्यान कुनै नौलो नाम होइन। स्मार्टफोन र आइओएस डिभाइसमा पोकम्यान गेम [&hellip;]</p>

काठमाडौं २४ साउन। इन्टरनेटमा आजकल पोकमोन गो अहिले निकै चर्चित बनेको छ। सामाजिक सञ्जाल फेसबुक होस् या ट्वीटर जताततै यही गेमको बारेमा चर्चा छ।

पोकम्यान गो एक अंगमेटेड रिएलिटी एप हो। यो गेम एप फोनको जिपिएस र क्यामेरामा प्रयोग गर्न सकिन्छ। कार्टुस सिरिजका फ्यानहरुका लागि पोकम्यान कुनै नौलो नाम होइन। स्मार्टफोन र आइओएस डिभाइसमा पोकम्यान गेम खेल्न सकिन्छ।

main

सन् १९९० मा सतोशी ताजिरीले पोकम्यानको अवधारणा सुरु गरेका थिए। वास्तवमा उनलाई मसिना कीरा फट्याङ्ग्रा पक्रने धेरै सोख थियो। उनलाई खेल पनि धेरै मनपर्थ्यो। उनले दुई वस्तु मिलाएर यसको कन्सेप्ट तयार पारेका थिए। यसमा पोकमोनलाई पक्रनुपर्थ्यो। पोकमोन सन् ९० को दशकमा चर्चामा रहेको यही भिडियो गेमको नयाँ संस्करण हो।

गेमप्ले आफ्नो भौगोलिक स्थान अनुसार निर्धारण गर्न सकिन्छ।  यसका लागि गुगल म्याप्सको प्रयोग गर्नुपर्छ। नियन्टिकले बनाएको पोकमोन यसै वर्ष जुलाई ५ मा लन्च भएको हो।

यस गेमका धेरै खतरा समेत छन्। तर मानिसहरुमा यसप्रतिको क्रेज निकै बढ्दै गइरहेको छ। यतिसम्म कि पोकमोन खेल्नेलाई आफ्नो वरपर के भइरहेको छ, थाहा हुँदैन।

कसरी खेल्ने?

पोकमोन खेल्न सजिलो छ। सुरुमा आफ्नो एकाउन्ट खोल्नुपर्छ। त्यसमा आफ्नो निकनेम तय गर्नुपर्छ।
तपाईं आफू रहेको स्थान सेट गर्नुस् र अनि खेल्नका लागि तयार हुनुस्। त्यसपछि तपाईंको काम नै आफू नजिकै रहेको पोकमोन खोज्नु हुनेछ।

Share News