मन्त्री आलेद्वारा सहयोग

<p>काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले डोटीका दुई बिरामीको उपचारका लागि ३० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।उनले डोटीको सायल गाउँपालिका–५ घोघातलकी ४८ वर्षीया कृष्णादेवी साउद तथा डोटीकै दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ४८ वर्षीय इन्द्रबहादुर साउदको उपचारका लागि सो सहयोग प्रदान गरेका हुन् । फागुन ३ गते माटोको ढिस्कोले पुरिएर [&hellip;]</p>

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले डोटीका दुई बिरामीको उपचारका लागि ३० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।उनले डोटीको सायल गाउँपालिका–५ घोघातलकी ४८ वर्षीया कृष्णादेवी साउद तथा डोटीकै दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ४८ वर्षीय इन्द्रबहादुर साउदको उपचारका लागि सो सहयोग प्रदान गरेका हुन् ।

फागुन ३ गते माटोको ढिस्कोले पुरिएर मेरुदण्डको तीन ठाउँमा भाचिएर राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार गराइ रहेकी कृष्णदेवीको अवस्था बुझ्न मन्त्री आले ट्रमा सेन्टरमा पुगेर उपचारका लागि आफ्नो व्यक्तिगततर्फबाट १५ हजार प्रदान गरेका हुन् ।

यसैगरी खुट्टामा एक्टिनो माइकोसिस (ढुसी) नामक सङ्क्रमणको समस्या देखिएर राष्ट्रिय ट्रमा सेन्टरमै पुगेका ४८ वर्षीय इन्द्रबहादुरलाई पनि उपचारका लागि मन्त्री आलेले रु १५ हजार आर्थिक सहयोग प्रदान गरे ।

साउदको करिब १२ वर्ष पहिले दायाँ खुट्टामा चोट लागेको र अहिले आएर उक्त चोटकै कारण दाहिने खुट्टामा एक्टिनो माइकोसिस नामक सङ्क्रमण देखिएको र खुट्टा नै काट्नुपर्ने अवस्था देखिएको राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले जानकारी दिएका छन् । मन्त्री आलेले हाललाई दुवै बिरामीको चेक जाँचका लागि भन्दै केही उपचार सहयोग दिएको र बिरामीको थप उपचारका लागि आफूले पहल गर्ने वचनबद्धता व्यक्त गरेकाे उनको सचिवालयले जनाएको छ ।

मन्त्री आलेले हालसम्म सुदूरपश्चिम र मध्यपश्चिमका गरी कम्तीमा पनि एक हजारभन्दा बढी बिरामीलाई उपचारका लागि आफ्नो व्यक्तिगततर्फबाट आर्थिक सहयोग प्रदान गरी सकेकाे उनका स्वकीय अधिकृत भक्तबहादुर साउदले जानकारी दिए ।

Share News