संघीय निजामती सेवा ऐन यथाशीघ्र जारी हुन्छ: प्रधानमन्त्री देउवा

<p>काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने र कर्मचारी समायोजनको क्रममा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेस निकट नेपाल कर्मचारी युनियनको अधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उक्त प्रतिबद्धता जनाएका हुन् । उनले भने, ‘संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गरी निजामती सेवालाई व्यवस्थित गर्न [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने र कर्मचारी समायोजनको क्रममा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाली कांग्रेस निकट नेपाल कर्मचारी युनियनको अधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उक्त प्रतिबद्धता जनाएका हुन् ।

उनले भने, ‘संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गरी निजामती सेवालाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको छ ।’

प्रधानमन्त्री देउवाले मुलुक संघीय संरचनामा गएपछि कर्मचारी समायोजन गर्दा देखिएका समस्या पनि समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

Share News