दुबईमा खुल्याे ब्रिटिस एजुकेशन ग्रुपको ‘द उलविच इन्स्टिच्युट’

<p>दुबई । द ब्रिटिस एजुकेशन ग्रुपले दुबईमा ‘द उलविच इन्स्टिच्युट’को उद्घाटन गरेको छ ।दुबईको नलेज भिलेजका रुपमा परिचित स्थानमा साे कलेज रहेको छ । द ब्रिटिस एजुकेशन ग्रुपले आफ्ना विद्यार्थीहरुलाई नेपाल, दुबई र लण्डनमा क्रेडिट ट्रान्सफर गर्दै अन्तर्राष्ट्रिय अनुभव दिनका निम्ति यी सहरहरुमा सेमेष्टर अनुसार ट्रान्सफर गर्दै पढ्न पाउने अवसर प्रदान गर्न गरिएको यो एउटा [&hellip;]</p>

दुबई । द ब्रिटिस एजुकेशन ग्रुपले दुबईमा ‘द उलविच इन्स्टिच्युट’को उद्घाटन गरेको छ ।दुबईको नलेज भिलेजका रुपमा परिचित स्थानमा साे कलेज रहेको छ ।

द ब्रिटिस एजुकेशन ग्रुपले आफ्ना विद्यार्थीहरुलाई नेपाल, दुबई र लण्डनमा क्रेडिट ट्रान्सफर गर्दै अन्तर्राष्ट्रिय अनुभव दिनका निम्ति यी सहरहरुमा सेमेष्टर अनुसार ट्रान्सफर गर्दै पढ्न पाउने अवसर प्रदान गर्न गरिएको यो एउटा नयाँ पहल रहेकाे जनाएकाे छ ।

दुबईमा कलेज स्थापना गर्नु टिबिसी र द ब्रिटिस एजुकेशन ग्रुपका लागि विशेष गौरवको क्षण भएकाे र यसले नेपाली विद्यार्थीहरु लाभान्वित हुने कलेजका सिइओ राजन कडेँलले बताए ।

द ब्रिटिस एजुकेशन ग्रुप सन् २००३ देखि  सञ्चालनमा रहेको छ । काठमाडौंको द ब्रिटिस कलेजसहित लण्डन र नेपालमा द ब्रिटिस एजुकेशन ग्रुपले शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आइरहेको छ ।

उक्त नलेज भिलेजमा विश्वका आधा दर्जनभन्दा बढी विश्वविद्यालयहरु सञ्चालनमा आएका छन् । त्यस स्थानका विद्यार्थीहरु खेल्ने, मनोरञ्जन गर्ने तथा अतिरिक्त नलेज लिने ठाउँ एउटै व्यवस्था भएको हुँदा उलविचमा अध्ययन गर्ने विद्यार्थीहरुले पनि ती सबै युनिभर्सिटीका विद्यार्थीहरुसँग अन्तर्राष्ट्रिय अनुभवको साटफेर हुनबाट लाभान्वित हुने देखिएकाे सिइओ कडेँलले बताए ।

 

Share News