नेपाल आयल निगमले सेयर जारी गर्ने, चुक्ता पुँजी १० अर्ब पुर्याउने

<p>काठमाडौं, २० साउन । नेपाल आयल निगमले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । हाल निगमको चुक्ता पुँजी करोड ६७ लाख १५ रहेका छ । निगमले त्यसलाई बढाएर ३० करोड पुर्याउने निर्णय भर्खरै सम्पन्न निगमको बार्षिक साधारण सभाले गरेको थियो । निगमले सर्वसाधारणलाई सेयर जारी गरेर आफ्नो पुँजी १० अर्ब पुर्याउने लक्ष्य राखेको छ [&hellip;]</p>

काठमाडौं, २० साउन । नेपाल आयल निगमले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । हाल निगमको चुक्ता पुँजी करोड ६७ लाख १५ रहेका छ । निगमले त्यसलाई बढाएर ३० करोड पुर्याउने निर्णय भर्खरै सम्पन्न निगमको बार्षिक साधारण सभाले गरेको थियो ।
nepal_oil
निगमले सर्वसाधारणलाई सेयर जारी गरेर आफ्नो पुँजी १० अर्ब पुर्याउने लक्ष्य राखेको छ । आइपिओ जारी गर्ने सम्बन्धमा अध्ययन गर्न निगमले समिति नै गठन गरिसकेको छ । निगमले पुराना सेयरधनीलाई ५५ प्रतिशत, रणनीतिक साँझेदारलाई १५ प्रतिशत र सर्वसाधारणका लागि ३० प्रतिशत सेयर जारी गर्न लागेको हो ।

हाल निगममा आपुर्ति मन्त्रालयको ६१ दशमलब ४४, अर्थ मन्त्रालयको १९ दशमलब ६१, आपुर्ति व्यवस्थापन विभागको १७ दशमलब ३२, नेशनल ट्रेडिङको शुन्य दशमलब ७६, राष्ट्रिय बिमा कम्पनीको शुन्य दशमलब ४७, नेपाल बैंकको शुन्य दशमलब २३ र राष्ट्रिय बाणिज्य बैंकको शुन्य दशमलब १५ प्रतिशत सेयर हिस्सा रहेको छ ।

इण्डियन आयल कर्पाेरेशन, हिन्दुस्तान पेट्रोलियम तथा विश्व अन्य तेल कम्पनीहरु जस्तै नेपाल आयल निगमले पनि सेयर जारी गर्न लागेको हो । ३७ अर्ब नोक्सानीमा रहेको निगमले भर्खरै ऋण तिरिसकेको छ । यद्यपी अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्यमा आएको भारी गिरावटका कारण मात्रै निगमले ऋण तिर्न सकेको हो ।

Share News