काठमाडौं । ब्रिटिश काउन्सिल इन्टरनेशनल स्कुल अवार्ड २०२०–२०२३ बाट शिवपुरी माविले पाएको छ । स्कुलले सो अवार्ड पाएपछि बिहीबार विद्यालयले विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान समेत गरेको छ ।
सो परियोजनामा आठवटा विद्यार्थी केन्द्रीत कार्यक्रम रहेका थिए । जसमा विद्यालयले दिगो विकासका लक्ष्य, पाठ्यक्रमका राष्ट्रिय उद्देश्यसँग मेल खाने, सिकेका अन्तर्राष्ट्रिय स्तरमा जापान, भारत, पाकिस्तानका विद्यालयसँग र राष्ट्रिय स्तरमा उपत्यकाकै केही सामुदायिक तथा संस्थागत विद्यालयरुसँग सहकार्य गरेको थियो ।
समयसापेक्ष शिक्षण सिकाइ क्रियाकलापमा विद्यालयले गर्नुपर्ने व्यवस्थापन पक्षलाई दरिलो बनाउनुपर्ने र सोको निमित्त शिवपुरी विद्यालयका व्यवस्थापन समिति सक्रिय रुपले लागिपर्ने कुरामा समितिका अध्यक्ष ई गिरिधार मिश्रले जेड दिएका थए ।