काठमाडाैं । प्रिमियर इन्टरनेशनल आइ बि वर्ल्ड स्कूलले नेपाल खेलकुद महासंघ समेत आवद्ध रहेको इन्टरनेशल स्कूल सपाेर्ट फेडेरेसनसँग नयाँ सहकार्य गरेको छ ।
उक्त सहकार्य मार्फत अन्तर्राष्ट्रिय स्तरका खेलकुद पाठ्यक्रमहरूलाई नेपाली विद्यालयमा समावेश गरी खेलकुदको परिदृश्यमा सुधार गर्ने लक्ष्य राखिएको बताइएकाे छ ।
इन्टरनेशनल ओलम्पिक कमिटीद्वारा मान्यता प्राप्त इन्टरनेशनल स्कूल स्पोर्ट्स फेडेरेसन
(आईएसएफ) ले सन् १९७२ देखि स्कूल खेलकुदको लागि अन्तर्राष्ट्रिय खेलकुद व्यवस्थापन
निकायको रूपमा काम गर्दै आएको छ । यस निकायको प्राथमिक उद्देश्य भनेकै खेलकुदको
माध्यमबाट शिक्षा प्रदान गर्नु हो ।
यस नयाँ सहकार्य मार्फत नेपाली स्कूलका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको खेलकुद क्षेत्रमा परिचय र प्रवर्धन गर्ने लक्ष्य राखेको स्कुलले जनाएकाे छ ।
स्कूल समर गेम्स (यू १८), वर्ल्ड स्कूल च्याम्पियनसिप, आईएसएफ ई स्पोट जस्ता अन्य धेरै
विद्यालय–स्तरका खेलकुद कार्यक्रमहरू आयोजना गर्नको लागि आईएसएफ मान्यता प्राप्त
संघ हो ।
यस सहकार्यबाट अब नेपालका विद्यार्थीले हरेक वर्ष विश्वका विभिन्न भागहरुबाट ३५ सयदेखि ५ हजार विद्यार्थीहरूसँगै २० भन्दा बढी शैक्षिक र गैर–शैक्षिक खेलहरूमा भाग लिन सक्नेछन् ।