आजदेखि खुले विद्यालय, रात्रिकालीन व्यवसाय पनि सञ्चालन हुने

<p>काठमाडौं । कोरोनाको तेस्रो भेरियन्टलाई ध्यानमा राख्दै बन्द गरिएको शैक्षिक संस्था आज (आइतबार) देखि विद्यार्थीको भौतिक उपस्थितिमा खुला भएका छन् । कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) तथा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सम्मिलित जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को शनिबार बसेको बैठकले आजबाट शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको हो । सोही [&hellip;]</p>

फाइल फोटो

काठमाडौं । कोरोनाको तेस्रो भेरियन्टलाई ध्यानमा राख्दै बन्द गरिएको शैक्षिक संस्था आज (आइतबार) देखि विद्यार्थीको भौतिक उपस्थितिमा खुला भएका छन् ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) तथा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सम्मिलित जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को शनिबार बसेको बैठकले आजबाट शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको हो ।

सोही निर्णय अनुसार आईतबार शैक्षिक संस्थाहरु विद्यार्थीका भौतिक उपस्थितिमै सञ्चालीत भएका छन् । कोरोना संक्रमणको तेस्रो लहर शुरु भएपछि सरकारले पुसको तेस्रो साताबाट काठमाडौं उपत्यकामा शैक्षिक संस्था बन्द गरेको थियो ।

त्यसैगरी सरकारको निर्णय अनुसार आजदेखि नै होटल, रेष्टुरेन्ट तथा रात्रिकालीन व्यवसाय समेत सञ्चालन हुने भएको छ ।

Share News