चाउचाउ उत्पादन गर्ने उद्योगमा आगलागी, एक अर्ब बढीको क्षति

<p>झापा । झापाको थाई फुड्स उद्योगमा आगलागी भएको छ । जिल्लाको मेची नगरपालिका ढुवागढीमा रहेको उद्योगमा आज बिहान ४ बजेदेखि आगलागी भएको हो । चिज बल्स र चाउचाउ उत्पादन गर्दै आएको उद्योग परिसरमा रहेको ९० प्रतिशत सम्पत्ति जलेर नष्ट भएको बताइएको छ । हालसम्म आगो निभाउन १३ वटा दमकल प्रयोग गरिएको छ । ती दमकलले निरन्तर [&hellip;]</p>

झापा । झापाको थाई फुड्स उद्योगमा आगलागी भएको छ । जिल्लाको मेची नगरपालिका ढुवागढीमा रहेको उद्योगमा आज बिहान ४ बजेदेखि आगलागी भएको हो ।

चिज बल्स र चाउचाउ उत्पादन गर्दै आएको उद्योग परिसरमा रहेको ९० प्रतिशत सम्पत्ति जलेर नष्ट भएको बताइएको छ । हालसम्म आगो निभाउन १३ वटा दमकल प्रयोग गरिएको छ । ती दमकलले निरन्तर प्रयास गर्दा बल्लतल्ल आगो नियन्त्रणमा आएको बताइएको छ ।

उद्योग परिसरमा भएको मुख्य तीन वटा भवनमध्ये एउटा भवन मात्र बचेको छ । बाँकी दुई वटा भवन जलेर नष्ट भएको तथा उद्योगका सबै प्लान्टहरू ध्वस्त भएको बताइएकाे छ ।

Share News