भौतिक रुपमा कक्षा संचालन गर्न त्रिविको निर्देशन

<p>काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्भव भएसम्म भौतिक रुपमा कक्षा संचालन विश्वविद्यालय अन्तर्गतको क्याम्पस  र स्कुलहरुलाई निर्देशन दिएका छ । त्रिवि अन्तर्गतको रजिष्ट्रार कार्यलयले बिहीबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । विश्वविद्यालयले सम्बन्धित सबै निकायलाई फाल्गुन १ गतेदेखि हाल स्थगित भएका  परीक्षाहरु संचालन  गर्न पनि निर्देशन दिएको छ । विश्वविद्यालयको कार्यकारी परिषदको माघ २५ गते बसेको [&hellip;]</p>

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्भव भएसम्म भौतिक रुपमा कक्षा संचालन विश्वविद्यालय अन्तर्गतको क्याम्पस  र स्कुलहरुलाई निर्देशन दिएका छ ।

त्रिवि अन्तर्गतको रजिष्ट्रार कार्यलयले बिहीबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

विश्वविद्यालयले सम्बन्धित सबै निकायलाई फाल्गुन १ गतेदेखि हाल स्थगित भएका  परीक्षाहरु संचालन  गर्न पनि निर्देशन दिएको छ । विश्वविद्यालयको कार्यकारी परिषदको माघ २५ गते बसेको बैठकले कक्षा संचालन र परीक्षा बारे यस्तो निर्णय गरेको हो ।

कोभिड-१९ संक्रमण तीव्र रुपले बढेपछि त्रिविले माघ मसान्तसम्मको लागि तय भएको सेमेष्टर तथा वार्षिक परीक्षाहरु स्थगित गर्नुको साथै कक्षाहरु अनलाइनमार्फत संचालन गरिरहेको छ ।

Share News