आइओएस १० मा नयाँ र रोचक ‘इमोजी’

<p>काठमाडौं, १९ साउन। एप्पलले आफ्नो नयाँ अपरेटिङ सिस्टम आइओएस १० को बेटा संस्करण जारी गरिसकेको छ। यसमा निकै परिवर्तन गरिएको र रोचक फिचर थपिएको बताइएको छ।   सोमबार कम्पनीले आफ्नो नयाँ ‘इमोजी’ को घोषणा गरेको छ। कम्पनीका अनुसार एक सयभन्दा बढी इमोजीमा परिवर्तन गरिएको छ भने रिडिजाइनका साथै महिला खेलाडी, प्रोफेस्नलमा लिंगका साथै रङ बदल्ने [&hellip;]</p>

काठमाडौं, १९ साउन। एप्पलले आफ्नो नयाँ अपरेटिङ सिस्टम आइओएस १० को बेटा संस्करण जारी गरिसकेको छ। यसमा निकै परिवर्तन गरिएको र रोचक फिचर थपिएको बताइएको छ।
 iphone10
सोमबार कम्पनीले आफ्नो नयाँ ‘इमोजी’ को घोषणा गरेको छ। कम्पनीका अनुसार एक सयभन्दा बढी इमोजीमा परिवर्तन गरिएको छ भने रिडिजाइनका साथै महिला खेलाडी, प्रोफेस्नलमा लिंगका साथै रङ बदल्ने पनि विकल्प हुनेछ।
यसमा भएको बन्दुकमा पनि परिवर्तन गरिएको छ। पहिले वास्तविक बन्दुकको इमोजी भएकोमा अब प्लास्टिको पिचकारी जस्तो बनाइएको छ।
एप्पलले इमोजीलाई प्रयोगकर्ताको वास्तविक जीवनमा जोड्न चाहेको बताइएको छ।

Share News