फागुन १ देखि विद्यालय खोल्न सीसीएमसीसीको सिफारिस

<p>काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गराउन सिफारिस गरेको छ । सीसीएमसीसीको आइतबार बसेको बैठकले सरकारलाई यस्तो सिफारिस गरेको हो । सीसीएमसीसीले विद्यालयको हकमा चाहिँ १२ वर्ष पुरा भएका बालबालिकाको नियमित कक्षा सञ्चालन गर्ने तर १२ वर्ष भन्दा कम उमेरका विद्यार्थीको हकमा चाहिँ दिनमा आलोपालो कक्षा सञ्चालन [&hellip;]</p>

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गराउन सिफारिस गरेको छ । सीसीएमसीसीको आइतबार बसेको बैठकले सरकारलाई यस्तो सिफारिस गरेको हो ।

सीसीएमसीसीले विद्यालयको हकमा चाहिँ १२ वर्ष पुरा भएका बालबालिकाको नियमित कक्षा सञ्चालन गर्ने तर १२ वर्ष भन्दा कम उमेरका विद्यार्थीको हकमा चाहिँ दिनमा आलोपालो कक्षा सञ्चालन गर्न सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले बताइन् ।

 

 

Share News