चितवनको सत्यम स्कुलको व्यवस्थापन द ब्रिटिश कलेजले गर्ने

<p>काठमाडौं । ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले चितवनको भरतपुरस्थित सत्यम जेभियर्स इंग्लिस बोर्डिङ स्कुलको व्यवस्थापन गर्ने भएको छ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था टीबीसीले सत्यम स्कुलको व्यवस्थापन गर्न लागेको हो । सत्यम स्कुल ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीको व्यवस्थापनमा आएसँगै विद्यालयलाई दक्षिण नेपालको अग्रणी शैक्षिक संस्थाहरुमध्येको एक बनाउनको लागि [&hellip;]</p>

काठमाडौं । ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले चितवनको भरतपुरस्थित सत्यम जेभियर्स इंग्लिस बोर्डिङ स्कुलको व्यवस्थापन गर्ने भएको छ ।

प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था टीबीसीले सत्यम स्कुलको व्यवस्थापन गर्न लागेको हो ।

सत्यम स्कुल ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीको व्यवस्थापनमा आएसँगै विद्यालयलाई दक्षिण नेपालको अग्रणी शैक्षिक संस्थाहरुमध्येको एक बनाउनको लागि केही उल्लेखनिय परिवर्तनहरु हुने भएका छन् ।

ग्रुपको अनुसा अबर सत्यम स्कूलबाट विश्व स्तरिय शिक्षा प्रदान गर्नको लागि अत्याधुनिक भौतिक सुविधाहरुसँगै बेलायका अनुभवी फ्याकल्टीहरूको प्रतक्ष निगरानी रहने छ । व्यवस्थापनसँगै स्कुल ब्रिटिस एजुकेशन ग्रुपको एक हिस्सा बन्नेछ ।

ब्रिटिश एजुकेशन ग्रुपका वरिष्ठ सल्लाहकार पाउल किल्भस

ब्रिटिस एजुकेशन ग्रुपले काठमाडौं, लण्डन तथा दुबईमा कलेजहरु सञ्चालन गर्दै आइरहेको छ । साथै, यसैग्रुपले नेपालका विभिन्न क्षेत्रहरुमा रहेका स्कुलहरुको व्यवस्थापन पनि थालेको छ भने  पोखरामा छिट्टै स्कुल खोल्ने तयारीमा रहेको छ । करिब ६ महिनाअघि लुम्बिनी प्रदेशस्थित नमस्ते ऐकेडेमी रुपन्देही पनि यो ग्रूप अन्तर्गत अगाडी बढिसकेको छ ।

लामो समयदेखि ब्रिटिश कलेजको सल्लाहकार समितिमा रहेका तथा ब्रिटिश एजुकेशन ग्रुपका वरिष्ठ सल्लाहकार पाउल किल्भस एमबीईले छोटोसमयमा नै नमस्ते एकेडेमीको कूसल व्यवस्थापनको बाटोमा देखिन यो समूह सफल भएकोले सत्यम स्कूलको व्यवस्थापन पनि राम्रो हुने बताए ।

उनले भने, ‘हामीले नमस्ते एकेडेमीको व्यवस्थापन थालेपछि ठूलो सुधार भएको देखेका छौं । त्यसैले हामीले सत्यम जेभियर्स इङ्लिस बोर्डिङ स्कुलमा पनि शिक्षा क्षेत्रमा गरिएको दशौं वर्षको विश्वव्यापी अनुभवले अझ अगाडि बढ्न र नेपालमा उच्च गुणस्तरीय शिक्षा प्रदान गर्न मद्दत गर्नेछ।’

सत्यम स्कुल, चितवन

यस्तै ब्रिटिस एजुकेशन ग्रुपका संस्थापक राजन कँडेलले अन्तर्राष्ट्रिय अनूभव र विशेषताहरु नेपालका विद्यार्थीहरुलाई बाँड्दै अगाडि बढ्न चाहेको बताए ।

Share News