धनराज गुरूङ र रबिन्द्र अधिकारीको उद्घोषः लोकमानलाई महाअभियोग

<p>काठमाडौं, १७ साउन । नेपाली काँग्रेस र एमालेका युवा नेताहरु अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने पक्षमा उभिएका छन् । काँग्रेस युवा नेता धनराज गुरूङ र एमाले युवा नेता रबिन्द्र अधिकारीले अख्तियारका प्रमुख आयुक्त कार्कीलाई महाअभियोग लगाएरै छाड्ने घोषणा गरेका हुन् । काँग्रेस युवा नेता गुरूङले भने,‘उहाँमाथि गम्भिर आरोप लागेको छ, यो देश र [&hellip;]</p>

lokmansingh_karkiकाठमाडौं, १७ साउन । नेपाली काँग्रेस र एमालेका युवा नेताहरु अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने पक्षमा उभिएका छन् । काँग्रेस युवा नेता धनराज गुरूङ र एमाले युवा नेता रबिन्द्र अधिकारीले अख्तियारका प्रमुख आयुक्त कार्कीलाई महाअभियोग लगाएरै छाड्ने घोषणा गरेका हुन् ।

काँग्रेस युवा नेता गुरूङले भने,‘उहाँमाथि गम्भिर आरोप लागेको छ, यो देश र जनताको लागि अत्यन्तै महत्वपूर्ण विषय हो, नयाँ सरकार गठन भएसँग संसदमा ५ सय ९६ सदस्यहरुवीच अवश्य छलफल हुन्छ, छलफल भैसकेपछि वास्तविक कुरा बाहिर ल्याउने विषयमा संसदीय छानविन समिति गठन भएर महाअभियोग लगाउन सम्म सकिन्छ ।’ नयाँ सरकार गठनसँगै कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावमाथी छलफल सुरु हुने उनले बताए ।

उनले अघि थपे,‘समितिमा बोलाउँदा डाक्टरले नबोल्नु भनेको छ भनेर झुक्याउने काम भयो, घाँटी दुःखेको बहानामा संसद छल्न पाईन्छ र ?’ उनले विरामी भएकै कारण समितिमा भाग लिन नमानेका कार्कीले खुलमखुल्ला टेलिभिजनमा अन्र्तवार्ता दिएकोवारे प्रश्न गर्दै भने,‘उही लोकमान हो कि अर्को हो, तर त्यही अनुहार गरेको व्यक्ति त बडो शानका साथ टिभिमा अन्र्तवार्ता पो दिईरहेको छ, डाक्टरले पनि कस्तो प्रिस्क्रिप्सन दिँदा रहेछन्, समितिमा बोल्न नहुने अनि टिभीमा चाहीँ ठूलो स्वरले बोल्न मिल्ने ?’

उनले अख्तियार प्रमुखमाथि काठमाण्डौं विश्वविद्यालय प्रवेश परिक्षा, गोकर्ण रिसोर्टको शेयर काण्ड र सार्वजनिक लेखा समितिले सुन काण्डबारे अडियो–भिज्यूयल प्रमाण पेश गर्दासमेत कुनै चासो नदेखाईएकोले उसको कार्यक्षेत्रमा व्यापक प्रश्न उठेको गुनासो गरे ।

एमाले युवा नेता रबिन्द्र अधिकारीले संसदमा सार्वजनिक महत्वको विषयमा छलफल हुने निश्चित भईसकेको उल्लेख गर्दै आफ्नो पार्टीले पनि छलफलमा भाग लिने दाबी गरे । उनले भने,‘सार्वजनिक महत्वको प्रस्ताव भएकोले हाम्रो पार्टीले भाग नलिने भन्ने कुरै आउँदैन, छलफल गर्दै जाने हो यसले अरु धेरै बाटोहरु खोल्छ भन्नेमा म विश्वस्त छु ।’ अधिकारीले एक दुईवटा राम्रो काम गरेको बहानामा संसदलाई छल्ने काम गर्न नमिल्ने बताए । उनले अघि थपे,‘अख्तियारलाई बलियो बनाउनुपर्छ, यसको अर्थ लोकमानलाई बलियो बनाउने होईन नि ।’

अधिकारीले संवैधानिक निकाय मर्यादित भएर बस्नुपर्ने उल्लेख गर्दै भने,‘संसदले बोलाउँदा अनि संसदीय समितिले बोलाउँदा संवैधानिक निकायले जवाफ दिनुपर्छ, विरामी भएको बहानामा संसदलाई छल्ने काम गर्नुहुँदैन, संसदले बोलाउँदा नगएपछि हामीले कसरी उहाँलाई उत्तरदायित्व मान्ने त ?।’ अधिकारीले आक्रोश पोख्दै भने,‘अख्तियार र यसका प्रमुख भागेका छन्, यस्तो तरिकाबाट राज्य कसरी चल्छ ?।’

तर, नेकपा माओवादी केन्द्रका नेता प्रभु साहले अख्तियार प्रमुख आयुक्तलाई महाअभियोग लगाउन नमिल्ने ठोकुवा गरे । उनले भने,‘संसदमा दर्ता भएको पत्र ध्यानाकार्षण पत्र मात्रै हो, यो महाअभियोगको लागि आएको विषय होईन् ।’
साहले अहिले अख्तियार छ भन्ने बोध भएको उल्लेख गर्दै भने,‘यतिखेर अख्तियारलाई झनै बलियो बनाउन आवश्यक छ, उनले अख्तियारले केही गल्ती वा कमीकमजोरी गरेको भए सच्चिन आग्रह गर्नुपर्छ ।’

Share News