विद्यालय खोल्न दिन निजी विद्यालय सञ्चालकको माग

<p>काठमाडौं । निजी विद्यालयका सञ्चालकहरुले विद्यालय भौतिक रुपमा खोल्न माग गरेका छन् । निजी तथा आवासीय विद्यालयका संचालकहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग भएको छलफलमा यस्तो माग गरेका हुन् । मन्त्रालयमा प्याब्सन तथा एनप्याब्सनका पदाधिकारीसँग पौडेलले शैक्षिक सुधारका विषयमा छलफल गर्ने क्रममा संचालकहरुले यस्तो माग राखेका हुन् । उनीहरुले खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक [&hellip;]</p>

काठमाडौं । निजी विद्यालयका सञ्चालकहरुले विद्यालय भौतिक रुपमा खोल्न माग गरेका छन् ।

निजी तथा आवासीय विद्यालयका संचालकहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग भएको छलफलमा यस्तो माग गरेका हुन् । मन्त्रालयमा प्याब्सन तथा एनप्याब्सनका पदाधिकारीसँग पौडेलले शैक्षिक सुधारका विषयमा छलफल गर्ने क्रममा संचालकहरुले यस्तो माग राखेका हुन् ।

उनीहरुले खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न दिनुपर्ने बताएका छन् ।

कोरोनाको ओमिक्रोन भेरियन्टका कारण हाल विद्यालयहरु बन्द छन् ।

Share News