स्वास्थ्य मापदण्ड पालना नभएको पाए परीक्षा स्थगित प्रधानमन्त्रीको निर्देशन

<p>काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा सामाजिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आज त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा अनुगमन गर्न र कोभिड–१९ का मापदण्ड पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन समेत दिएकाे उनको सचिवालयले जनाएको छ [&hellip;]</p>

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा सामाजिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले आज त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा अनुगमन गर्न र कोभिड–१९ का मापदण्ड पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन समेत दिएकाे उनको सचिवालयले जनाएको छ ।

मुख्यसचिव शंकरदास बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड–१९का मापदण्ड पालना भए/नभएको अनुगमन गर्न उनले निर्देशन गरेका हुन् ।

प्रधानमन्त्री देउवाले परीक्षा हलमा कोभिड–१९ का मापदण्ड नभएको पाइएका केही हप्ता परीक्षा स्थगित समेत गर्ने गरी प्रक्रिया अघि बढाउन मुख्यसचिव बैरागीलाई निर्देशन गरेका छन् ।

Share News