क्रोम बाउजरले ल्यापटपको ब्याट्री विगार्ने दाबी,माइक्रोसफ्ट एजले ९० प्रतिशत टिकाउँछ ब्याट्री

<p>काठमाडौं, १५ साउन। यदि तपाई ल्यापटपमा गुगल क्रोम प्रयोग गर्दै हुनुहुन्छ भने सावधान हुनुहोस्। गुगल क्रोमले ल्यापटपको ब्याट्रीलाई नकारात्मक असर पार्ने माइक्रोसफ्टले दाबी गरेको छ । माइक्रोसफ्टले क्रोम, फायरफक्स र ओपेराबीच ब्याट्री परीक्षण गरेको थियो । एउटै एचडी भिडियोलाई घण्टौंसम्म ती ब्राउजरहरु मार्फत स्ट्रिमिङ गरिएको थियो। उक्त परिक्षण अनुसार ब्याट्रीको नतिजा यस्तो देखियो : (घण्टा, [&hellip;]</p>

काठमाडौं, १५ साउन। यदि तपाई ल्यापटपमा गुगल क्रोम प्रयोग गर्दै हुनुहुन्छ भने सावधान हुनुहोस्। गुगल क्रोमले ल्यापटपको ब्याट्रीलाई नकारात्मक असर पार्ने माइक्रोसफ्टले दाबी गरेको छ ।

माइक्रोसफ्टले क्रोम, फायरफक्स र ओपेराबीच ब्याट्री परीक्षण गरेको थियो । एउटै एचडी भिडियोलाई घण्टौंसम्म ती ब्राउजरहरु मार्फत स्ट्रिमिङ गरिएको थियो।

उक्त परिक्षण अनुसार ब्याट्रीको नतिजा यस्तो देखियो : (घण्टा, मिनेट र सेकेण्डमा)

क्रोम: ४:१९:५०

फायरफक्स: ५:०९:३०

ओपेरा: ६:१८:३३

माइक्रोसफ्ट एज: ७:२२:०७

नतिजा अनुसार माइक्रोसफ्ट एज क्रोमको तुलनामा ९० प्रतिशतले टिकाउ रहेको पाइयो । भिडियो बाहेकका कामका लागि पनि यो ब्राउजर अन्यको तुलनामा ३६ देखि ५३ प्रतिशतसम्म टिक्ने कम्पनीले दाबी गरेको छ। माइक्रोसफ्ट एजको सामर्थ्यलाई अझ प्रस्तुत गर्न कम्पनीले लाखौं विण्डोज १० बाट लिइएका तथ्यांकहरु प्रस्तुत गरेको थियो। कम्पनीले आफ्नो ब्लगस्पटमा लेखेको छ ‘कुनै विशेष ब्याट्री सेभिङ मोड या सेटिङ बाहेक हामीले माइक्रोसफ्ट एजलाई ब्याट्रीको क्षमतालाई ध्यानमा राखेर डिजाइन गरेका छौं।’

 

माइक्रोसफ्टले सम्पूर्ण प्रयास एज ब्राउजरमार्फत प्रयोगकर्ताको मन जित्न गरिरहेको स्पष्ट छ। यधपी ब्राउजरमाथी एक्स्टेन्सनको लागि सपोर्ट नभएको ठुलो आरोप छ। कम्पनीको भर्खरै सार्वजनिक भएको विण्डोज १० ले एक्स्टेन्सनको लागि सपोर्टको विकास गरेको छ। जुलाईमा हुनलागेको वार्षिकोत्सवमा फुल फ्लेजको सपोर्ट आउने आशा गरिएको छ ।

 

अबका अपडेटहरुमा अरिपनि ब्याट्री जोगाउने फिचरहरु ल्याउने कम्पनीले वाचा गरेको छ।नेट एप्लिकेसन्सको भर्खरको तथ्यांक अनुसार क्रोम विश्वको सबैभन्दा लोकप्रिय ब्राउजर हो । यस ब्राउजरको बजारमा ४५ प्रतिशत सेयर रहेको छ। अध्ययन अनुसार सबैभन्दा ठुलो घाटामा गएको ब्राउजर माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोर रहेको छ। यसको सेयर मे महिना भरमा ४१.३७ बाट घटेर ३८.६ प्रतिशत पुगेको छ।

नवभारत टाइम्सवाट साभार

Share News