माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

<p>काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले सीसीएमसीसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । बिदाको मोडालिटीका बारेमा केही बेरमा सूचना निकाल्ने तयारी भएको मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिए [&hellip;]</p>

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।

सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले सीसीएमसीसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

बिदाको मोडालिटीका बारेमा केही बेरमा सूचना निकाल्ने तयारी भएको मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिए ।

आईतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को व्यवस्थापन समितिको बैठकको माघ १५ गतेसम्म विद्यालयमा हिउँदे बिदा दिन सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा मन्त्रालयले विद्यालय बन्दको निर्णय गरेको हो ।

Share News