विद्यालय बन्दको विषयमा थप छलफल गर्दै शिक्षा मन्त्रालय

<p>काठमाडौं । आईतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को व्यवस्थापन समितिको बैठकको माघ १५ गतेसम्म विद्यालयमा हिउँदे बिदा दिन सिफारिस गरेपछि शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयले छलफल गर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन सिफारिस गरेपछि शिक्षा मन्त्रालयले त्यसबारे आज निर्णय गर्ने [&hellip;]</p>

काठमाडौं । आईतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को व्यवस्थापन समितिको बैठकको माघ १५ गतेसम्म विद्यालयमा हिउँदे बिदा दिन सिफारिस गरेपछि शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयले छलफल गर्ने भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन सिफारिस गरेपछि शिक्षा मन्त्रालयले त्यसबारे आज निर्णय गर्ने भएको हो । त्यसका लागि मन्त्रालयमा दिउँसो साढ १२ बजेपछि बैठक बोलाएको जनाईएको छ ।

मन्त्रालय स्रोतका अनुसार उक्त बैठकमा कन्ट्रयाक ट्रेसिङमा परेका शिक्षामन्त्री देवेन्द्र पौडेल भने सहभागी हुनेछैनन् ।

सीसीएमसीसीको सिफारिसका आधारमा आजको बैठकले थप निर्णय गर्ने स्रोतले जनाएको छ । आजकोे बैठकमा मन्त्रालयका सचिव र विभागीय प्रमुखहरु समभागी हुने जनाईएको छ ।

Share News