काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द सिफारिस गरेको छ । पुस २५ गते बसेको सीसीएमसीको बैठकले सम्पूर्ण विद्यालय माघको दोश्रो सातासम्म बन्द गर्न सिफारिस गरेको हो ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सीसीएमसीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई उक्त सिफारिस गरेको हो ।श्रोतका अनुसार पछि बिदा मिलान गर्ने गरी सो दिनसम्म विद्यालय बन्द गर्न मन्त्रालयलाई सिफारिस गरिएको छ ।