एनआईबीएल एस क्यापिटलले वीरगञ्जमा दियो लगानी सचेतनामूलक कार्यक्रम

<p>काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलले प्रदेश नं २ वीरगञ्जमा अन्तर्क्रिया तथा लगानी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम गर्ने उद्देश्यले पुस २३ गते प्रदेश स्तरमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा क्याटिपलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलले प्रदेश नं २ वीरगञ्जमा अन्तर्क्रिया तथा लगानी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम गर्ने उद्देश्यले पुस २३ गते प्रदेश स्तरमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा क्याटिपलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरेका थिए । साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा छलफल भएको छ ।

संस्थाले यसअघि पनि सुदुरपश्चिम प्रदेशको धनगढीमा र लुम्बिनी प्रदेशको नेपालगञ्जमा पनि सम्पन्न भएको गरेको थियो ।

Share News