काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय अन्र्गतका विभागीय प्रमुखलाई १५/१५ दिनभित्रको कार्यसम्पादनको रिर्पोट बुझाउन निर्देशन दिएका छन् ।
शुक्रबार विभागीय प्रमुखलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले १५/१५ दिनको कार्यसम्पादनको रिर्पोट बुझाउन निर्देशन दिएका हुन ।
‘एक हप्तामा गर्न सक्ने काम के के हुन् टिर्पोट गर्नुहोस्’ उनले भने, ‘अर्को हप्ता काम गरी नतिजा नस्किने गरी काम हुनप¥यो होइन भने कारण चाहियो ।’
मन्त्री पौडेलले ५० औंं वर्षदेखि अड्किएका फाइलहरुको विषयमा अध्ययन गरी टुंग्याउन सक्ने काम तत्काल गर्न निर्देशन समेत दिएका छन् । ‘फाइलहरु अड्काएर हुँदैन, मन्त्रीहरु फेरिरहने हुन्छ, सेवा ग्राहीको पनि आशा हुन्छ,’ उनले भने, ‘हप्ता दिन अध्ययन गरेर हुने नहुने निर्णय दिनुहोस् ।’
शिक्षा मन्त्रालयबाट गरिब, जेहेन्दार तथा असाहय विद्यार्थीलाई दिने छात्रवृत्ति नरोक्न विभागीय उनले विभागीय प्रमुखलाई दिर्नेशन दिएका थिए ।
‘कुनै पनि छात्रवृत्तिको पैसा फिर्ता हुन भएन । छात्रवृत्ति समयमा विद्यार्थीस्तरमा पुग्नुप¥यो फिर्ता हुँदा सन्देश राम्रो जाँदैन,’ उनले भने ।
मन्त्रालयले बनाएको लक्ष्य पुरा गर्न कर्मचारीमा संकल्प, इच्छा शक्ति र सक्रियाता हुनपर्नेमा जोड दिँदै उनले देश बनाउने जनशक्ति उत्पादन गर्ने थलो शिक्षा मन्त्रालय भएको बताए । यस्तै शिक्षा, राज्यमन्त्री बोधमाया यादवले विद्यालयमा समयमा नै पाठ्यपुस्तक पु¥याउन अहिलेदेखि नै लाग्नुपर्नेमा जोड दिईन ।