पौष २३ गते अल्फा बिटामा अष्ट्रेलिएन एजुकेशन फेयर हुँदै 

<p>काठमाडौं । अल्फा बिटाले  शुक्रबारका दिन अष्ट्रेलिएन एजुकेशन फेयर सञ्चालन गर्ने भएको छ । नयाँ बानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्समा आयोजना हुन लागेको फेयरमा अष्ट्रेलियाका २० युनिभर्सिटी तथा कलेजको सहभागिता रहने छ । उक्त फेयरमा नेपालका लागि अष्ट्रेलियन राजदुत महामहिम फेलिसीटि वोल्क, न्यू साउथ वेल्सकालागी नेपालका महावाणिज्य दूत दीपक कु्मार खडका, अष्ट्रेलियाका पूर्व नेपाली विद्यार्थी संघका अध्यक्ष राम [&hellip;]</p>

काठमाडौं । अल्फा बिटाले  शुक्रबारका दिन अष्ट्रेलिएन एजुकेशन फेयर सञ्चालन गर्ने भएको छ । नयाँ बानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्समा आयोजना हुन लागेको फेयरमा अष्ट्रेलियाका २० युनिभर्सिटी तथा कलेजको सहभागिता रहने छ ।

उक्त फेयरमा नेपालका लागि अष्ट्रेलियन राजदुत महामहिम फेलिसीटि वोल्क, न्यू साउथ वेल्सकालागी नेपालका महावाणिज्य दूत दीपक कु्मार खडका, अष्ट्रेलियाका पूर्व नेपाली विद्यार्थी संघका अध्यक्ष राम हरी अर्याल लगायत एस एण्ड एस अकाउन्टिङ बीजनेस सर्भिसका संचालक तथा अल्फा बिटा ग्लोबल सिड्नीका निर्देशक गोबा कटुवालको पनि सहभागित रहने अल्फा बिटाका सिइओ द्विराज शर्माले बताए ।

‘भर्खरै कक्षा १२ को नतिजा प्रकाशित भएका र ब्याचलर्स लेभलका नतिजा कुरेर बसेका विद्यार्थीहरुले मेलामार्फत आफनो कोर्स इन्ट्री क्राइटेरीया, स्कलरसिप जस्ता विषयमा कलेज तथा युनिभर्सिटीका आधिकारीक व्यक्तिहरुसँग परामर्श लिन सक्नेछन्,’ उनले भने ।

शर्माको अनुसार सो मेलामा अष्ट्रेलियन युनिभर्सिटी तथा कलेजहरुका साथै अङ्गेजी भाषा परिक्षण गराउने आइएलटिएस तथा पिटीईका आधिकारीक व्यक्तिहरु, इन्स्योरेन्स तथा बैंकहरुको पनि सहभागिता रहनेछ ।

लामो समयसम्म कोभिडका कारणले आफना अन्तराष्ट्रिय सिमाना बन्द गरेको अष्ट्रेलियाले गत डिसेम्बर १५ देखि कोभिडविरुद्धको पुर्ण डोज खोप लगाएका अन्तराष्ट्रिय विद्यार्थीका लागि आफना सिमान पुनः सुचारु गरेको छ ।

Share News