१२ लाख ठगेर भागेका राजन केसी जेल चलान

<p>काठमाडौं, १२ साउन । १२ लाख रुपैंयाँ ठगी गरेर फरार भएका ललितपुर इमाडोलका राजन केसी जेल चलान भएका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरि केसीलाई जेल पठाएको हो । केसीले अनिता बुढाथोकीलाई जग्गा बैनाको नक्कली कागजपत्र देखाई १२ लाख रुपैंयाँ लिएर भागेका थिए । पीडित बुढाथोकीको उजुरीमा प्रहरीले केसी विरुद्ध काठमाडौं जिल्ला अदालतमा [&hellip;]</p>

rajan_kcकाठमाडौं, १२ साउन । १२ लाख रुपैंयाँ ठगी गरेर फरार भएका ललितपुर इमाडोलका राजन केसी जेल चलान भएका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरि केसीलाई जेल पठाएको हो । केसीले अनिता बुढाथोकीलाई जग्गा बैनाको नक्कली कागजपत्र देखाई १२ लाख रुपैंयाँ लिएर भागेका थिए ।

पीडित बुढाथोकीको उजुरीमा प्रहरीले केसी विरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेका थियो । सो मुद्धामा जिल्ला अदालत काठमाडौंले केसीलाई २०७२ माघ ३ गते १२ लाख जरिवाना र ६ महिना कैद सजाय सुनाएको थियो ।

फरार रहेका केसीलाई सिआइबीको टोलीले बुधबार पक्राउ गरि अदालत बुझाएको थियो । अदालतले फैसला कार्यान्वयनका लागि केसीलाई जेल पठाएको हो ।

Share News