नामी कलेजकाे दिक्षान्त सम्पन्न

<p>काठमाडौं । काठमाडौंको गोकर्नेश्वरमा रहेको नामी कलेजको बुधबार दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ । उक्त दीक्षान्त समारोहमा एमबिए, बिबिए, इन्भाइरोमेन्टल साइन्स र कम्प्यूटिगं कोर्स अन्तर्गत का बिधार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका भाइस चान्सलर प्रोफेसर डाक्टर भोला केसी विशेष अतिथिका रुपमा उपस्थित थिए भने कार्यक्रमलाई नामी कलेजकी अध्यक्ष डाक्टर आरजु राण देउवाले [&hellip;]</p>

काठमाडौं । काठमाडौंको गोकर्नेश्वरमा रहेको नामी कलेजको बुधबार दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ ।

उक्त दीक्षान्त समारोहमा एमबिए, बिबिए, इन्भाइरोमेन्टल साइन्स र कम्प्यूटिगं कोर्स अन्तर्गत का बिधार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका भाइस चान्सलर प्रोफेसर डाक्टर भोला केसी विशेष अतिथिका रुपमा उपस्थित थिए भने कार्यक्रमलाई नामी कलेजकी अध्यक्ष डाक्टर आरजु राण देउवाले अध्यक्षता गरेकी थिइन् ।

कार्यक्रममा अतिथिका रूपमा नेपालका लागि बेलायतका कायममुकायम राजदूत एड वर्ड रोवर्टको पनि उपस्थिति थिए ।

नर्थहेम्पटन विश्वविद्यालय बेलायतसँगको अर्थपूर्ण साझेदारीमा नामी कलेजले विश्वस्तरिय सङ्काय, पाठ्यक्रम र डिग्रीहरू सञ्चालन गर्दै आएको छ ।

 

Share News