भेरिजोनले किन्यो इन्टरनेट जाइन्ट याहु ४.८३ विलियन डलरमा

<p>काठमाडौं। अमेरिकी इन्टरनेट जाइन्ट कम्पनी याहु विक्रि भएको छ। अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार अमेरिकी ब्रोडव्याण्ड इन्टरनेट सेवा दिने कम्पनी भेरिजोनले याहुलाई  ४.८३ बिलियन अमेरिकी डलरमा किनेको जनाएको छ। भेरिजोननले आफूले लिलाम बढाबढमा याहु किनेको पुष्टि गरेको छ। &nbsp; सोमवार घोषणा गरिएको एक कार्यक्रममा किनवेचका लागि दुई कम्पनीविच गत हप्तादेखि छलफल भएको जनाइएको छ। अमेरिकी कम्पनी [&hellip;]</p>

काठमाडौं। अमेरिकी इन्टरनेट जाइन्ट कम्पनी याहु विक्रि भएको छ। अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार अमेरिकी ब्रोडव्याण्ड इन्टरनेट सेवा दिने कम्पनी भेरिजोनले याहुलाई  ४.८३ बिलियन अमेरिकी डलरमा किनेको जनाएको छ। भेरिजोननले आफूले लिलाम बढाबढमा याहु किनेको पुष्टि गरेको छ।

 

सोमवार घोषणा गरिएको एक कार्यक्रममा किनवेचका लागि दुई कम्पनीविच गत हप्तादेखि छलफल भएको जनाइएको छ। अमेरिकी कम्पनी याहुले गत फेब्रुअरीमा आफूहरु स्ट्राटेजिक विकल्पको खोजीमा  रहेको बताएको थियो।

केही वर्षदेखि याहुलाई समसामायिक हिसाबमा अघि बढ्न नसकेको आरोप लाग्दै आएको थियो । गत हप्ता एक रिसर्च रिपोर्टले याहु ४ सय ४० मिलियन डलर घाटामा रहेको देखाएको थियो भने यहि स्थितिमा रहे कम्पनी डुब्ने खतरामा रहेको चेतावनी विभिन्न रिसर्चले देखाएको थियो।

Share News