पिसिएल नर्सिङमा नयाँ भर्ना नलिन १५ कलेजलाई निर्देशन (नामसहित)

<p>काठमाडौं । नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले १५ वटा कलेजलाई निर्देशन दिएको छ । सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यलयले बुधबार सूचना जारी गर्दै शैक्षिक सत्र २०७८(०७९ का लागि नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ वटा कलेजलाई निर्देशन दिएको हो । सीटीईभीटीले उक्त १५ वटा कलेजले प्रमाणपत्र तहको नर्सिङमा भर्नाका लागि विद्यार्थीबाट [&hellip;]</p>

काठमाडौं । नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले १५ वटा कलेजलाई निर्देशन दिएको छ ।

सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यलयले बुधबार सूचना जारी गर्दै शैक्षिक सत्र २०७८(०७९ का लागि नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ वटा कलेजलाई निर्देशन दिएको हो ।

सीटीईभीटीले उक्त १५ वटा कलेजले प्रमाणपत्र तहको नर्सिङमा भर्नाका लागि विद्यार्थीबाट लिएको शुल्क पनि फिर्ता गर्नुपर्ने जनाएको छ ।

सीटीईभीटीको अनुसार ती कलेजले नर्सिङको प्रमाणपत्र तहमा पढाइ सञ्चालन गर्नु चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ र चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गतेको निर्णयको प्रतिकुल हुने छ ।

 

Share News