ब्रिटिश कलेजको टिबिसी जब फेयर सुरु, विद्यार्थीलाई रोजगारी दिन ४१ कम्पनी सहभागी

<p>काठमाडौं । द ब्रिटिश कलेजको दोस्रो टिबिसी जब फेयर सुरु भएको छ । कलेजमा अध्यनरत तथा पास भएर गएका विद्यार्थीहरुलाई काम खोज्न मद्धत गर्ने उद्देश्यको साथ दोस्रो पटक जब फेयर संचालन गरेको कलेजका प्रमुख बजार प्रबन्धक अमरदिप मण्डलले बताए । &#8216;यसअघि संचालन भएको पहिलो जब फेयरमा राम्रो प्रतिकृया आएको कारण केही कमी कमजोरीलाई सुधार्दै दोस्रो पटक [&hellip;]</p>

काठमाडौं । द ब्रिटिश कलेजको दोस्रो टिबिसी जब फेयर सुरु भएको छ । कलेजमा अध्यनरत तथा पास भएर गएका विद्यार्थीहरुलाई काम खोज्न मद्धत गर्ने उद्देश्यको साथ दोस्रो पटक जब फेयर संचालन गरेको कलेजका प्रमुख बजार प्रबन्धक अमरदिप मण्डलले बताए ।

‘यसअघि संचालन भएको पहिलो जब फेयरमा राम्रो प्रतिकृया आएको कारण केही कमी कमजोरीलाई सुधार्दै दोस्रो पटक जब फेयर संचालन गरेका हौं,’ उनले भने ।

‘हाम्रो उदेश्य भनेको ब्रिटिश कलेजका सम्पुर्ण विद्यार्थीलाई राेजगारी दिलाउनु हाे । यति मात्र नभएर हाम्रो काम भनेको विद्यार्थीलाई विदेशमा काम तथा इनटर्नशिपको व्यवस्था गर्नु हो,’ उनले थपे ।

जब फेयरमा अन्तर्वार्ता दिँदै विद्यार्थी

मण्डलको अनुसार जब फेयरमा ४१ कम्पनीहरु सहभागी भएका छन् । सहभागी कम्पनीहरुमा ४०० भन्दा बढी पद खाली रहेको र यही अनुसार उक्त कम्पनीहरुले कलेजले छोटो सूचीबद्ध गरेका विद्यार्थीलाई अन्तर्वार्तामार्फत काम तथा डन्टर्नशिप प्रदान गर्नेछ ।

दुई दिन संचालन हुने फेयरमा लक्ष्मी ग्रुप(ह्युन्डाइ), घोराही सिमेन्ट, सम्राट सिमेन्ट, सिजी होल्डिङ्स, क्लासिक टेक, डिशहोम, एसएमटेक टेक्नोलाजी, सेफवे टेक्नोलोजी, क्लाउड फ्याक्ट्रि, पेप्सी, सामसुङ इन्डिया, भिषाल ग्रुप, दक्ष नेपाल, जेनेसी सलुसन्स, बियोन्डआइडी, दराज, सस्तोडिल, टिच फर नेपाल, शंकर ग्रुप, नेपाल लाइफ इन्स्योरेन्स, गोल्यान ग्रुप, सिजि फुड्स, सुजल फुड्स, जावलाखेल ग्रुप अफ कम्पनी, वर्ल्डलिंक जस्ता ख्यातिप्राप्त कम्पनीहरु रहेका छन् ।

कलेजका हेड अफ स्टुडेन्ट सर्भिसेस एण्ड इन्टर्नशिपका सुनिल श्रेष्ठले विद्यार्थीहरुले कलेज सिध्याउने बित्तिकै सिप सिक्नुको साथै काम पाउन भनेर फ्रक्सजबसँग कलेजले पार्टनरशिप गरेका बताए । ‘विद्यार्थीलाई काम सजिलै पाउन् भनेर हामीले फ्रक्सजबसँग पार्टनरशिप पनि गरेका छौं । हाम्रो यो प्रोजेक्ट सफल बनाउन सहभागी सबै कम्पनीलाई धन्यवाद व्यक्त गर्न चाहान्छौं,’ उनले भने ।

जब फेयरमा अन्तर्वार्ता दिँदै विद्यार्थी

थापाथलीको ट्रेड टावरमा रहेको द ब्रिटिश कलेजमा एमबिए, एमएससी इन्टरनेशल बिजनेश म्यानेजमेन्ट, बिबिए (होन्स) बिजनेश एण्ड म्यानेजमेन्ट बिएससी (होन्स) हस्पिटालिटी बिजनेश म्यानेजमेन्ट, एमएससी इन्फरमेसन एण्ड टेक्नोलोजी, बिएससी (होन्स) कम्प्युटिङ तथा बिएससी (होन्स) साइबर सेक्युरिटी तथा डिजिटल फोरेन्सिक विषयको पढाई हुन्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Share News