काठमाडौं महानगरले हाइम्याक्स बत्ती जडान गर्दै, ८० स्थानमा राख्ने योजना

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा हाइम्याक्स बत्ती जडान गर्ने भएको छ । महानरगले महानगरको विभिन्न ८० वटा स्थानमा हाइम्याक्स बत्ती जडान गर्नको लागि प्रक्रिया अगाडि बढाएको बताएको हो । महानगरपालिकाका अनुसार ९ करोड ९० लाख रुपैयाँ लागतमा काठमाडौंका ८० ठाउँमा हाइमेक्स बत्ती जडान गर्न लागिएको हो । महानगरपालिकालाई उज्यालो सहरको रूपमा विकास [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा हाइम्याक्स बत्ती जडान गर्ने भएको छ । महानरगले महानगरको विभिन्न ८० वटा स्थानमा हाइम्याक्स बत्ती जडान गर्नको लागि प्रक्रिया अगाडि बढाएको बताएको हो ।

महानगरपालिकाका अनुसार ९ करोड ९० लाख रुपैयाँ लागतमा काठमाडौंका ८० ठाउँमा हाइमेक्स बत्ती जडान गर्न लागिएको हो । महानगरपालिकालाई उज्यालो सहरको रूपमा विकास गर्ने परिकल्पना साथ महानगरले विभिन्न ठाउँमा हाइमेक्स बत्ती जडान गर्न लागेको हो ।

यसअघि नै सो काम सक्ने महानगरको योजना भएपनि ठेक्का हुन नसक्दा काम रोकिएको महानगरको भनाई छ । महानगरका सूचना अधिकारी बसन्त आचार्यले उच्चस्तरको हाइम्याक्स बत्ती ५० फिट अग्लो पोल गाडेर जडान गरिने बताए । उनका अनुसार यस्ता बत्ती अहिले विमानस्थलमा मात्रै जडान गरिएका छन् ।

‘हामीले काठमाडौं महानगरका विभिन्न ८० ठाउँमा ८८ वटा हाइमेक्स बत्ती जडान गर्दैछौं, त्यसका लागि प्रक्रिया सुरु भइसकेको छ, हालसम्म ठेक्का लगाउन नसक्दा काम रोकिएको थियो, अब टेन्डरको काम पनि भइसकेको छ,’ अब छिट्टै काम हुन्छ,’ उनले भने ।

उनका अनुसार काठमाडौंलाई उज्यालो शहरको रुपमा अगाडि बढाउनको लागि हाइम्याक्स बत्तीले धेरै भूमीका खेल्नेछ ।

‘अहिले नेपाल विद्युत प्राधिकरण विद्युत खपत बढाउनका लागि लागि परेको छ, हाम्रो यो योजनाले पनि विद्युत खपतमा सहयोग पुग्छ, यस्तो बत्ती जडान गरेपछि नागरिकको सुरक्षा पनि हुन्छ, आवतजावतमा पनि सहज हुन्छ,’ उनले भने ।

उनका अनुसार हाइमेक्स बत्तीको केन्द्रबाट ५ सय मिटरसम्म देख्न सकिन्छ । यसले शान्ती सुरक्षासँगै चोरीका घटनामा पनि कमि आउने उनको भनाई छ ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले आफू निर्वाचित भएसँगै काठमाडौं महानगरको ३२ वडाका १० हजार स्थानमा हाइमाक्स बत्ति जडान गर्ने र महानगरपालिकालाई उज्यालो शहरको रुपमा विकास गर्ने परिकल्पना अगाडि सारेका थिए ।

तर, उनको त्यो काम अहिलेसम्म अगाडि बढ्न सकेको थिएन । अब कार्यकाय सकिने केही महिना मात्रै बाँकी रहँदा उनी यो योजनालाई पूर्णता दिन लागि परेका हुन् ।

Share News