एक सातापछि खुल्यो जुफाल विमानस्थल

<p>डोल्पा, ९ साउन । जुफाल विमानस्थल आजदेखि पुनःसञ्चालन भएको छ । एक हप्तादेखिको निरन्तर वर्षात्का कारण अवरुद्ध विमानस्थल आज मौसम सफा भएपछि एक सातापछि विमानस्थल खुलेको नागरिक उडड्यन प्राधिकरण डोल्पाले जनाएको छ । विमानस्थल सञ्चालन भएपछि सर्वसाधारण, पर्यटक, विद्यार्थी र बिरामीले यात्रा गर्न पाएकामा उनीहरुमा खुसियाली छाएको छ । आज तारा, गोमा, मकालु लगायत एअरलाइन्सले नेपालगन्जदेखि [&hellip;]</p>

डोल्पा, ९ साउन । जुफाल विमानस्थल आजदेखि पुनःसञ्चालन भएको छ । एक हप्तादेखिको निरन्तर वर्षात्का कारण अवरुद्ध विमानस्थल आज मौसम सफा भएपछि एक सातापछि विमानस्थल खुलेको नागरिक उडड्यन प्राधिकरण डोल्पाले जनाएको छ । विमानस्थल सञ्चालन भएपछि सर्वसाधारण, पर्यटक, विद्यार्थी र बिरामीले यात्रा गर्न पाएकामा उनीहरुमा खुसियाली छाएको छ ।

आज तारा, गोमा, मकालु लगायत एअरलाइन्सले नेपालगन्जदेखि उडान भरेको उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल पुनःसंरचना भएपछि यहाँ दैनिक उपभोग्य सामानको समेत सहज आपूर्ति सुरु भएको छ । रासस

Share News