कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

<p>काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित गरेको छ । बिहान ९ बजे बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरेको हो । बोर्डका प्रवक्ता कृष्णप्रसाद शर्माका अनुसार परीक्षाको नतिजा एक घण्टापछि https://neb.ntc.net.np/ हेर्न सकिनेछ । उनले बोर्डको निर्णय अनुसार नतिजा अपलोडको काम भइरहेको जानकारी दिए । बोर्डको अनुसार कक्षा १२ मा तीन लाख ७४ [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित गरेको छ । बिहान ९ बजे बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरेको हो ।

बोर्डका प्रवक्ता कृष्णप्रसाद शर्माका अनुसार परीक्षाको नतिजा एक घण्टापछि https://neb.ntc.net.np/ हेर्न सकिनेछ ।

उनले बोर्डको निर्णय अनुसार नतिजा अपलोडको काम भइरहेको जानकारी दिए ।

बोर्डको अनुसार कक्षा १२ मा तीन लाख ७४ हजार १५ परीक्षार्थीमध्ये सात हजार ३६ जनाले ‘ए’ प्लस ग्रेड ल्याएको, ४८ हजार २३९ जनाले ‘ए’ ग्रेड ल्याएको, ७० हजार एक जनाले ‘बी’ प्लस र ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’ ग्रेड ल्याएका छन् । ‘सी’ प्लस ग्रेड परीक्षार्थी ७५ हजार ८८ जना र ‘सी’ ग्रेड ल्याउने २४ हजार ५१५ परीक्षार्थी रहेको बोर्डले जानकारी दिएको छ ।

यस्तै ‘डी’ प्लस ल्याउने परीक्षार्थीमा तीन हजार ८७५ रहेका छन् भने ‘डी’ प्लस ल्याउने परीक्षार्थी २९६ जना छन् भने १० हजार ७३ परीक्षार्थीले ‘इ’ ग्रेड ल्याएका छन् । परीक्षामा सहभागीमध्ये ४६ जना परीक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको र चार जना परीक्षार्थीलाई आगामी एक वर्षसम्म बोर्डको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी रद्द गरिएको बोर्डले जानकारी दिएको छ ।

कसरी हेर्ने नतिजा ?

परीक्षाको नतिजा हेर्नका लागि मोबाइलको म्यासेजबक्समा एनईबी लेखेर एक स्पेस दिई सिम्बोल नम्बर लेखेर १६००मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । त्यस्तै आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरी परीक्षा लिइएको थियाे ।

Share News