काठमाडाैं । ‘तेस्रो ग्लोबल इन्टरनेशनल कन्फरेन्स २०२१’ हुने भएको छ । ग्लोबल कलेज इन्टरनेशनल, ग्लोबल कलेज अफ म्यानेजमेन्ट, जिसिआई रिसर्च सेन्टर, ग्लोबल इन्स्टिच्युट फर पोलिसी रिसर्च एण्ड डेभलपमेन्टको संयुक्त आयोजनमा मंसिर २५ गते कन्फरेन्स हुने भएकाे हाे ।
कन्फरेन्स बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने ग्लोबल कलेज इन्टरनेशनलका प्रिन्सिपल डा. करणसिंह ठगुन्नाले बताए । उनकाे अनुसार भर्चुअल माध्यमबाट हुने कार्यक्रममा एक हजार भन्दा बढी सहभागी हुनेछन् ।
व्यवस्थापन शिक्षामा विश्वव्यापी रुपमा भएको नविनतम परिवर्तन तथा वर्तमान फिचरहरुलाई समेटेर कन्फरेन्स संचालन गरिने उनले बताए ।
कन्फरेन्समा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातीप्राप्त स्रोत व्यक्तिहरुले म्यानेजमेन्टमा आधारित विभिन्न थिम भएका ३५ भन्दा धेरै रिसर्च पेपरको प्रिजेन्टेसन कार्यक्रममा प्रस्तुत गर्ने बताइएकाे छ ।