द ब्रिटिस कलेजको सातौं दिक्षान्त समारोह सम्पन्न

<p>काठमाडौं । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)को सातौं दिक्षान्त समारोह सम्पन्न भएको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयु) तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (यूडब्लुई)को सम्बन्धनमा अध्यायनरत विद्यार्थीहरु दिक्षित भएका हुन्। कोरोना महामारीको कारण गत वर्षको दिक्षान्त समारोह भर्चुअल्ली सम्पन्न [&hellip;]</p>

काठमाडौं । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)को सातौं दिक्षान्त समारोह सम्पन्न भएको छ ।

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयु) तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (यूडब्लुई)को सम्बन्धनमा अध्यायनरत विद्यार्थीहरु दिक्षित भएका हुन्।

कोरोना महामारीको कारण गत वर्षको दिक्षान्त समारोह भर्चुअल्ली सम्पन्न भए पनि यस वर्ष भने कोरोना संक्रमण केही नियन्त्रणमा रहेको हुँदा भौतिक उपस्थितिमै हायात रिजेन्सी होटलमा कार्यक्रम सम्पन्न भएकाे हो ।

कार्यक्रममा बिजनेश विषयका विद्यार्थीहरुलाई बिहानको समयमा र आईटीका विद्यार्थीहरुलाई दिउँसोको समयमा दिक्षित गरिएको थियो । समारोहमा स्नातक तथा स्नातोकोत्तर तहका गरी जम्मा ४१९ जना विद्यार्थीहरु दिक्षित भएका हुन् ।

कोरोनाकै कारण उपस्थित हुन नसकेका कलेजको सल्लाहकारहरु जोन एडवर्ड होलिस्टर मोन्टागु, माइकल रुटल्याण्ड, प्रोफेसर फर्गस लियोन लगायतले दिक्षान्त समारोहलाई भर्चुअल्ली सम्बोधन गरेका थिए ।

त्यस्तै, युनिभर्सिटी अफ वेस्ट अफ इंग्ल्याण्डका भाइस चान्सलर तथा अध्यक्ष स्टीभ वेस्ट– सीबीइ, लिड्स बेकेट युनिभर्सिटीका प्रोफेसर तथा प्रो भाइस चान्सलर जिन किए, ब्रिटिस कलेजका एक्जिक्यूटिभ प्रिन्सिपल डा. मेरी बिशपले पनि स्वागत मन्तव्य राख्दै दिक्षित विद्यार्थीहरुलाई बधाई दिएका थिए । कलेजका सल्लाहकार डा. अर्जुन कार्की लगायतकाे भने व्यक्तिगत रूपमै उपस्थित रहेकाे  थियाे ।

 

Share News