काठमाडौं । डिसेम्बर १ तारिख अर्थात मंसिर १५ गतेदेखि अस्ट्रेलियाको यात्रा प्रतिबन्ध हट्ने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले सोमबार डिसेम्बर १ तारिखदेखि यात्रा प्रतिबन्ध हटाइने बताएका हुन् ।
अस्ट्रेलियाले कोभिड–१९ संक्रमणको कारण दुई वर्षदेखि विदेशी नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएको थियो ।
यो नयाँ नियमअनुसार अब भिसा भएका कुनै पनि व्यक्ति बिना रोकतोक अस्ट्रेलिया फर्किन पाउनेछन् ।