ट्याक्सीकालागि भूकम्म पिडितले दुई दिनमै मागभन्दा धेरै अावेदन दिए, छान्न कठिन

<p>काठमाडौँः सरकारले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका जनतालाई उपलब्ध गराउने गरी ट्याक्सी दर्ता खुलाएको दुई दिनमै माग सङ्ख्याभन्दा धेरै निवेदन दर्ता भएको छन्। बुधबार एक हजार एकसय दुई र विहिवार एक हजार चारसय गरी दुई हजार पाँचसय दुई आवेदन दर्ता भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ। मागसंङ्ख्या भन्दा धरै दुईदिनमै भएका कारण विभागलाई छान्न कठिन [&hellip;]</p>

काठमाडौँः सरकारले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका जनतालाई उपलब्ध गराउने गरी ट्याक्सी दर्ता खुलाएको दुई दिनमै माग सङ्ख्याभन्दा धेरै निवेदन दर्ता भएको छन्।

बुधबार एक हजार एकसय दुई र विहिवार एक हजार चारसय गरी दुई हजार पाँचसय दुई आवेदन दर्ता भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ।

मागसंङ्ख्या भन्दा धरै दुईदिनमै भएका कारण विभागलाई छान्न कठिन हुने जनाएको छ। लामो समयदेखि ट्याक्सी दर्ता बन्द रहेकाले अति प्रभावित १४ जिल्लाका भूकम्पपीडितले आवेदन दर्ता गराएका हुन्। चौध वर्षपछि गत वर्ष विभागले एक हजार अाठसय ट्याक्सी गोलाप्रथाद्वारा छनोट गरेको थियो।

taxi

यसमा भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर र भक्तपुरका आधिकारिक प्रमाणपत्र भएका भूकम्पपीडितले आवेदन दर्ता गराउन सक्नेछन् ।

ट्याक्सी दर्ताका लागि साउन ५ गतेदेखि भदौ २ गतेसम्मको समय तोकिएको यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । यसका लागि यातायात व्यवस्था कार्यालय, साना÷ठूला सवारी, वाग्मतीमा आवेदन दिन सकिनेछ । आवेदनका लागि रु १०० तिर्नुपर्ने विभागले जनाएको छ । भूकम्पपीडित परिचयपत्र भएका व्यक्तिले नै आवेदनमा हस्ताक्षर र ल्याप्चे लगाउनुपर्ने व्यवस्था गरिएको छ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रिस्तरीय निर्णयअनुसार बुधबारदेखि ट्याक्सी दर्ताको प्रक्रिया सुरु भएको हो । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितले दर्ता गर्न पाउने गरी मन्त्रिस्तरीय निर्णयअनुसार दर्ता खोलिएको हाे।

 

Share News