दुई वर्षपछि खुल्यो कोरोनाले रोकेको मलेसियाको रोजगारी

<p>काठमाडौं । कोरोना महामारीका कारण रोकिएको मलेसियाको रोजगारी आंशिक रुपमा खुला भएको छ । नेपाली श्रमीकको श्रम गन्तव्यको रुपमा रहेको मेलेसीयाको रोजगारी आंशीक रुपमा खुला भएको श्रम व्यवसायीहरु बताउँछन् । मलेसिया सरकारले दिएको जानकारीअनुसार मंगलबारदेखि नेपाल र इन्डोनेसियाका कामदार लिन थालिएको हो । काठमाडौंस्थित मलेसियाली दूतावासले पनि नेपाली श्रमिक लाने बाटो खुलाइएको जनाएको छ । [&hellip;]</p>

काठमाडौं । कोरोना महामारीका कारण रोकिएको मलेसियाको रोजगारी आंशिक रुपमा खुला भएको छ । नेपाली श्रमीकको श्रम गन्तव्यको रुपमा रहेको मेलेसीयाको रोजगारी आंशीक रुपमा खुला भएको श्रम व्यवसायीहरु बताउँछन् ।

मलेसिया सरकारले दिएको जानकारीअनुसार मंगलबारदेखि नेपाल र इन्डोनेसियाका कामदार लिन थालिएको हो । काठमाडौंस्थित मलेसियाली दूतावासले पनि नेपाली श्रमिक लाने बाटो खुलाइएको जनाएको छ ।

कोरोना महामारी सुरु भएपछि मलेसियाले २०७६ चैत पहिलो साताबाट नेपाली श्रमिक लान बन्द गरेको थियो ।

मलेसिया प्रवेशका लागि निश्चित मापदण्ड भने तोकिएको छ । मलेसिया जानेले त्यहाँको अध्यागमनबाट अनुमति लिनुपर्नेछ । यस्तै, अहिलेको नयाँ व्यवस्थाअनुसार मलेसिया पुगेपछि श्रमिक सरकारी अनुमति प्राप्त क्वारेन्टिनमा ७ दिन बस्नुपर्नेछ । क्वालालम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै श्रमिकले प्रवेश गर्न पाउनेछन् ।

मलेसिया रोजगारीको बाटो खुला भए पनि कामदार शून्य लागतमा जान पाउने टुंगो भने लाग्न सकेको छैन ।

Share News