नेपाल–चीन उद्योग वाणिज्य संघद्धारा आयोजित ‘इन्भेस्टमेन्ट इन् नेपाल’ सम्मेलन सम्पन्न

<p>काठमाडौं, १४ जेठ । चीनको कमिसन अफ इन्ड्रस्ट्री एण्ड इनफरमेसन टेक्नोलोजी अफ गन्सु प्रोभिन्सका उप–निर्देशक जङ्ग फुकीको नेतृत्वमा १३ सदस्यीय व्यापारिक टोली नेपाल भ्रमणमा आएको सन्दर्भमा नेपाल–चीन उद्योग वाणिज्य संघले इन्भेस्टमेन्ट इन् नेपाल विषयक एक सम्मेलनको आयोजना गरियो । कार्यक्रममा दुई देश बीच लगानी, आर्थिक, व्यापारिक तथा पर्यटन विस्तार गर्ने सम्बन्धमा छलफल भएको छ । [&hellip;]</p>

nccciकाठमाडौं, १४ जेठ । चीनको कमिसन अफ इन्ड्रस्ट्री एण्ड इनफरमेसन टेक्नोलोजी अफ गन्सु प्रोभिन्सका उप–निर्देशक जङ्ग फुकीको नेतृत्वमा १३ सदस्यीय व्यापारिक टोली नेपाल भ्रमणमा आएको सन्दर्भमा नेपाल–चीन उद्योग वाणिज्य संघले इन्भेस्टमेन्ट इन् नेपाल विषयक एक सम्मेलनको आयोजना गरियो । कार्यक्रममा दुई देश बीच लगानी, आर्थिक, व्यापारिक तथा पर्यटन विस्तार गर्ने सम्बन्धमा छलफल भएको छ ।

सो अवसरमा संघका अध्यक्ष राजेश काजी श्रेष्ठले दुई देशबीचको सुमधुर सम्बन्धको चर्चा गर्दै, दुई देशबीच लगानी बृद्धि, आर्थिक व्यापारिक सम्बन्ध विस्तारका लागि आग्रह गरेका छन् । उनले नेपालमा जलविद्युत, पर्यटन, कृषिजन्य उत्पादन, सिमेन्ट, निर्माण, जडिजुटी क्षेत्रमा लगानी गर्न अनुरोध गरे । साथै गान्सु प्रान्तमा हुने व्यापार मेलाहरुमा नेपाली व्यवसायीहरु भाग लिन इच्छुक रहेको र गान्सु शहरमा नेपाली उत्पादनहरु प्रवद्र्धनका लागि अनुरोध गरेका छन् ।

कार्यक्रममा उपनिर्देशक जङ्ग फुकीले नेपाली व्यवसायीहरुसँग द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्ने जस्तो महत्वपूर्ण विषयमा छलफल गर्न पाएकोमा आभार व्यक्त गरेका थिए । गान्सुको लान्जाउबाट सिगात्से सम्म रेल आइपुगेको हुँदा यसबाट दुई देशबीचको व्यापार तथा सम्बन्ध अझ विस्तार हुने बताए ।

साथै संघ तथा सि.सी.पी.आइ.टी. गान्सु प्रान्त बीच सम्बन्ध विस्तारका लागि समझदारी पत्रमा समेत हस्ताक्षर भएको थियो । साथै द्विपक्षीय लगानीका लागि संघले ६ वटा नेपाली तथा चीनिया कम्पनीहरुबीच सम्झदारी पत्रमा हस्ताक्षर गरेको छ ।

Share News